Comments Add Comment

धपक्कै बलेकी नीता


कुनै पनि चलचित्रको कार्यक्रममा नायिकाहरु सधै नै फोकस हुन्छन् । अझ, अवार्ड वा प्रिमियरमा पुग्दा त नायिकाहरुलाई पहिरनको सधै नै सकस हुन्छ ।

यसैले पनि नायिकाहरु अवार्ड वा प्रिमियरमा सधै नै आकर्षक पहिरन लगाउन होडबाजी गर्छन् । नायिका नीता ढुंगाना बिहिबार आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा पुगिन् । नायिकाहरुको उपस्थिती फितलो रहेको अवार्ड समारोहमा नीताको उपस्थितीले पक्कै आयोजकको मुहारमा खुशी ल्याएको थियो होला ।

नीताले यो कार्यक्रममा ‘उत्कृष्ट नायिका’को अवार्ड जितिन् । अवार्ड कार्यक्रममा पुगेकी नीता पहिरनले धपक्कै बलेकी थिइन् । नीता पहिरनमा सधै नै सजग हुने गर्छिन् । तर, यसपटक भने नीताले लगाएको पहिरन उत्कृष्ट थियो । व्यापारिक रुपमा चलचित्रले सफलता नपाएपनि नीतालाई चलचित्रको अभाव भने भएको छैन ।

तस्बिरः शंकर गिरी

 

‘डी सिने अवार्ड’मा अनमोल र नीता उत्कृष्ट, ‘कृ’ उत्कृष्ट फिल्म(फोटो फिचरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment