Comments Add Comment

अमरगढी नगरपालिकामा ‘टेक्नो हब’को स्थापना

११ जेठ, डडेल्धुरा । अमरगढी नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना गरेको छ ।

शुक्रबार सूचना प्रविधि केन्ऽको शुभारम्भ गर्दै सूचना प्रविधि केन्ऽ स्थापना गर्नेमा देशभरमै दोस्रो स्थानीय तह बनेको नगरपालिकाले दावी गरेको छ ।ा

स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्ऽको स्थापना गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

सेसी नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरमा सूचना प्रविधि केन्ऽ स्थापना गरिएको हो ।

सूचना प्रविधि केन्ऽको उदघाट्न गर्दै प्रदेश ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले अमरगढी नगरपालिकाले यस्तो सुविधा पाउनु खुसीको कुरा भएको बताए । उनले अब नगरपालिकाले कार्यालयबाटै सम्पुर्ण नगरवासीको समस्या बुझ्न सक्ने बताए । ‘जनताको खुसीयाली पुरा गर्ने युगको सुरुआत भएको छ,’ उनले भने, ‘अब मेयरसाबले आफ्नै च्याम्बरमा बसेर जनताको समस्या बुझ्न सक्ने छन ।’

यस सूचना प्रविधिको युगमा छिटो छरितो, सुशासनका लागि स्थापना भएको सूचना प्रविधि केन्ऽले सबै सघाउने नगरपालीकाले बताएको छ ।

सूचना प्रविधि केन्ऽमार्फत नगरपालिकाभित्र भएका सबै नीतिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने अमरगढी नगरपालीकाको भनाइ छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख विशेश्वरप्रसाद ओझाले यो प्रविधि प्रारम्भ भएको र विस्तारै यो सूचना केन्द्रको सहयोगमा जनताले हरेक समस्याहरु तथा विकास निमार्णका कुराहरुमा गुनासो गर्न पाउन सक्ने बताए । ‘अब अमरगढी वडा नं ११ मा बस्ने जनताले त्यहाँ पहिरो गएमा उक्त स्थान बाटै फोटो पठाउन सक्नेछन,’ उनले भने, ‘त्यसपछि यहाँका जनप्रतिनिधीले त्यसको समाधान गर्नेछन ।’

‘टेक्नो हब’को स्थापना भएपछि अब योजना डुब्लीकेसन हुने समस्या नहुने उनले बताए ।

नगरपालिकामा स्थापना भएको सूचना प्रविधि केन्ऽले सुशासनलाई थप अब्बल बनाएने स्थानीयको भनाइ छ । नगरपालिकाले गर्ने सावजनीक सुनुवाई र नीति तथा कार्यक्रममा सजिलै जनताको पहुँच हुने स्थानीयको विश्वास छ ।

देशभरका ७५३ स्थानीय तहमध्ये साँफेबगर नगरपालिका पछि अमरगढी नगरपालिकाले डाटा पोर्टल तथा सूचना प्रविधि केन्ऽ स्थापना गरेको हो ।

नगरका जनताको प्रविधिमा पहुँच पुर्‍याउने मुख्य लक्ष्यका साथ यो कार्यक्रम फलदाइी हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment