Comments Add Comment

गृहजिल्ला चितवन आइपुगे सन्दीप, विमानस्थलमै फ्यानको भिड

११ जेठ, चितवन । इण्डियन प्रिमियर लिग (आईपीएल) उत्कृष्ट प्रर्दशन गरेर सबैतिर चर्चा बटुलेका युवा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन् ।

सन्दीपलाई लिन बुवा चन्द्रनारायण भरतपुर विमानस्थलमा पुगेका थिए । बुवासँगै थिए सन्दीपकी दिदी इन्दु र भिनाजु अनिल न्यौपाने । सन्दीप यिनै दिदी इन्दुको रजहरस्थित घरमा बसेर नारायणगढमा क्रिकेट सिक्न आउँथे ।

सन्दीपलाई लिन पुगेका वुवा चन्द्रनारायणले छोराको सफलतामा बधाइ दिदै खुसी व्यक्त गरे । विमानस्थल भित्रै बसेर लामिछानेले आफ्ना परिवारजनसँग केहीबेर कुराकानी समेत गरे ।

सन्दीपको स्वागतमा विमानस्थलमै फ्यानहरुको ठूलो भिड जम्मा भएको थियो । उनीसँग सेल्फी खिच्ने समर्थकहरुको तछाडमछाड नै चलेको थियो । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सन्दीपले अबको एक हप्तापछि बेलायतको लर्डस मैदानमा हुने विश्व ११ र वेष्टइन्डिजविरुद्धको खेलमा नेपालबाट सहभागी हुन पाउनु आफैमा गर्वको विषय भएको बताए । उनले यो खेल खेल्नका लागि आफू उत्साहित बनेको बताए ।

लामिछानेले आफू सहभागी टिम दिल्ली डेयर डेभिल्सबाट तीनवटा खेलमा सहभागिता जनाउन पाउँदा धेरै कुरा सिकेको बताए ।

क्रिकेटमा नेपालले अब एक दिवसीय र टि-ट्वाइन्टी दुवै फरम्याटका तयार हुनुपर्ने बताउदैं उनले आफूलाई यहाँसम्म ल्याइपुर्‍याउनुमा चितवनको ठूलो योगदान रहेकाले स्मरण गरे ।

पारिवारिक भेटघाटका लागि आएका लामिछाने शनिबार पोखरा जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment