Comments Add Comment

रुपन्देही-११ र त्रिभूवन आर्मी केपीएलको फाइनलमा

विकेट नेपालबाट लिइएको तस्वीर

११ जेठ, काठमाडौं । रुपन्देही-११ र त्रिभुवन आर्मी क्लव सुर्खेतको वीरेन्द्रनगर रंगशालामा जारी कर्णाली प्रिमियर लीग (केपीएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवलाई २५ रनले पराजित गर्दै शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही-११ ले फाइनलको यात्रा तय गरेको हो ।

यस्तै शुक्रबार भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लवले रुपन्देही-११ सँगको भेट पक्का गरेको छ ।

विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीले धनगढीलाई ८ विकेटले पराजित गरेको हो ।

फाइनल खेल शनिबार बिहान ८ बजे सुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment