Comments Add Comment

रामचन्द्र पौडेलले भनेः सबै कांग्रेसले फर्केर आफूतिर हेरौं

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै कांग्रेसले एक पटक आफूतिर फर्केर हेर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा नेपाल सांस्कृतिक संघले गरेको कार्यक्रममा उनले अहिलेको कमजोरीलाई ढाकछोप गरेर गएमा फेरि पनि कांग्रेसले जित्न नसक्ने बताए ।

‘एक पटक आफूतिर फर्केर हेरौं’ उनले भने ‘यसलाई हेरेनौं र ढाकछोप मात्र गरेर गयौं भने फेरि पराजित हुन सक्छौं । आफूभित्र के कमजोरी भयो । संगठनको कलपूर्जा कहाँ बिगि्रयो ? यसको लेखाजोखा गर्नैपर्छ ।’

कम्युनिष्ट पार्टीहरु मिलेकाले चुनाव हार्‍यौं भन्न कांग्रेसले नसुहाउने पौडेलले बताए । ‘चुनावमा नेपालमा दुईवटा पक्षको लडाई हो । कम्युनिष्ट मिलेर हारेका हौं भन्नुहुन्न । कम्युनिष्टलाई कांग्रेसले जित्नुपर्छ’ उनले भने ‘साम्यवादी शक्तिसँग लोकतान्त्रिक शक्तिको विजय हुनुपर्छ । नेपालमा उल्टो भइरहेको छ ।’

नेपालमा कांग्रेसको सिद्धान्तले जिते पनि संगठन पराजित भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment