Comments Add Comment

प्रदेश २ स्तरीय दलित सभा सुरु

११ जेठ, सप्तरी । सिरहाको लहानमा प्रदेश २ स्तरीय दलित सभा शुक्रबारदेखि सुरु भएको छ ।

दलित समुदायका लागि सामाजिक न्यायसहितको समृद्धिका विषयमा छलफल गर्ने उद्देश्यले दलितहरुको सभा (भेला) प्रारम्भ भएको हो ।

सभाको पहिलो दिन मधेशी दलित र शिक्षा, स्वास्थ्य, मधेसी महिलाका सरोकार र समृद्धि र दलितका विषयमा व्याप्क छलफल गरिएकोे छ । भोला पासवान, ख्याम विश्वकर्मा, जेबी विश्वकर्मा, सञ्जु सरबरियालगायतले विषयगत रुपमा आफ्ना धारणाहरु राखे भने वरिष्ठ अधिवक्ता हिम्मत सिंह, लेखक चन्द्रकिशोर, प्रदेशसभा सदस्य सुनिता राम लगायतले टिप्पणी गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन शनिबार मधेसी दलितका लागि सकारात्मक विभेद र आरक्षण, राजनीतिक दलित प्रतिनिधित्वका विषयमा बृहत छलफल हुनेछ । शनिबार प्रदेश नम्बर २ का सरकारका प्रतिनिधि, प्रदेश सभाका सांसद र राजनीतिक दलका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ ।
दलितसभाको छलफल उठेका सवाललाई प्रदेश सरकार, सांसद, राजनीतिक दलका नेता र अन्य सरोकारवालालाई बुझाइने छ ।

दलित सरोकार मञ्च, नेपाल र डिग्नटी इनिुसिएटिभले संयुक्त रुपमा सभाको आयोजना गरेका हुन् । सभामा विशेषगरी मधेसी दलितका आधारभूत सवालहरु शिक्षामा पहुँच, मधेसी दलितको स्वास्थ्य, दलितका लागि समृद्धि, मधेसी दलित महिला, मधेसी दलितका लागि सकारात्मक विभेद र आरक्षणको सवाल, राजनीति र दलित प्रतिनिधित्वजस्ता विषयमा बहस र छलफल गरिने दलित सरोकार मञ्चका भोलापासवानले बताए ।

उनकाअनुसार दलितभामा राष्ट्रियसभा सदस्यसहित प्रदेश नं. २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९ जना दलित सांसद सहभागी हुनेछन् भने प्रदेश अन्तर्गत सबै जिल्लाबाट दलित राजनीतिक नेता/कार्यकर्ता, अधिकारकर्मी गरी १२० जनाको सहभागीता रहेको छ ।

डिग्निटी इनिसिएटिभ अध्यक्ष ख्याम विश्वकर्माले मधेसी दलितको सवालमा समृद्धि के हो ? मधेसी दलितका लागि कस्तो समृद्धि चरित्रको समृद्धि जरुरी हुन्छ ? मधेसी दलितले कस्तो समृद्धि चाहन्छन् ? भन्नेजस्ता विषयमा आलोचनात्मक धारणाको निर्माण गर्नका लागि सभाको आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment