Comments Add Comment

कम्युनिष्ट पार्टीको एकीकरण कांग्रेसलाई अवसर हो : देउवा

'५ वर्षमा काम गरेर देखाऔं, चुनाव जितिन्छ'

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुको एकीकरणलाई कांग्रेसले अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

नेपाल सांस्कृतिक संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा उनले दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु कांग्रेसका लागि राम्रो भएको बताए ।

‘दुई कम्युनिष्ट पार्टी एकीकरण भइसकेको छ । यसलाई हामीले चुनौतीका साथसाथै अवसर को रुपमा लिनुपर्छ, एउटा पार्टी हुनु राम्रो हो’ उनले भने ‘अब नेपाली कांग्रेस अल्टरनेटिभमा रहनेछ, हाम्रा कमजोरी हटाएर एकवद्ध भएर अघि बढ्नुपर्छ ।’

कांग्रेसले चुनाव हार्‍यो भनेर आत्तिनुनपर्ने भन्दै देउवाले अबको ५ वर्ष हारलाई विजयमा परिणत गर्ने गरी काम गर्नुपर्ने बताए । ‘चुनाव हारेको छ भनेर आत्तिने कुरा छैन’ देउवाले भने ‘५ वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्छ ।’

अहिले पार्टीमा अनुशासन भन्ने नै नरहेको भन्दै देउवाले अन्तरघातको रोग रहेसम्म चुनाव जित्न नसकिने बताए । ‘जबसम्म पार्टीमा अन्तरघात भन्ने रोग रहन्छ । तबसम्म चुनाव जित्न सकिदैन, अहिले अनुशासन भन्ने नै छैन । यो सबै कमजोरीलाई हटाएर पार्टीलाई पुरानै ठाउँमा पुर्‍याउनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment