Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्र शाह रौतहटमा, दूर्गा मन्दिरमा पूजा

११ जेठ, रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको मत्सरीमा रहेको प्रसिद्ध दूर्गा मन्दिरमा पूजापाठ गरेका छन् ।

दुर्गा भगवती गाउँपालिका-३ मत्सरीमा रहेको दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ उनले पूजा गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पूजा गर्न आउने जानकारी पाउन साथ ठूलो संख्यामा स्थानीयहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

पूर्वराजा शाहले दुर्गा मन्दिरमा करिब २५ मिनेटसम्म पूजा गरेका थिए । शाहले पूजा गरी रहँदा बाहिर भने स्थानीयहरुले राजाको समर्थनमा विभिन्न नारा लगाइरहेका थिए ।

मन्दिर समितिका तर्फबाट पूर्वराजालाई नागरिक अभिनन्दन समेत गरिएको थियो । पूजा पश्चात दुर्गा मन्दीर पूजा समितिद्वारा छन्द र गद्द पद्धतिबाट तयार पारिएको अभिनन्दन पत्र मत्सरीका मनोज झा र रुद्रनारायण झाले बाचन गरी पूर्वराजा ज्ञानेन्द्रलाई हस्तान्तरण गरेका थिए ।

संचारकर्मीको प्रश्नको जवाफका लागि आनाकानी गरेका पूर्वराजाले संक्षिप्त रुपमा आफू रौतहटको मत्सरीमा रहेको दूर्गा मन्दिरमा आउन पाउँदा तथा स्थानीयहरुको उपस्थिति तथा न्यानो स्वागतकाले निकै खुशी भएको बताएका थिए ।

संचारकर्मीको प्रश्नको जवाफ दिदै आफूले नयाँ पार्टी खोल्ने कुनै कार्यक्रम नरहेको बताएका थिए । आˆनो भूमिकाको बारेमा जनताले नै मूल्यांकन गर्ने उनले प्रतिक्रिया दिएका थिए ।

झण्डै तीन सय मिटर पैदल हिडेर स्थानीयका बीचबाट मन्दिर प्रवेश गरेका पूर्वराजालाई हेर्न तथा स्वागत गर्न हजारौं स्थानीय उपस्थित भएका थिए ।

जुनसुकै पार्टीमा आबद्ध भएपनि एकजुट भएर मत्सरीवासीद्धारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएको दूर्गा मन्दीर मत्सरीका पूजा व्यवस्थापन समितिको सदस्य विनय झाले बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment