Comments Add Comment

बुटवलमा ३ दिने टाटा मोटर्स कार मेला सुरु

११ जेठ, बुटवल । बुटवलमा पहिलो पटक कार मेला सुरु भएको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सफल अटो इन्टरनेसनलको सहकार्यमा बुटवलमा सञ्चालित मेला तीन दिनसम्म चल्नेछ ।

मेलाको प्रदेशसभा ५ का सांसद तथा सफल अटो इन्टरनेशनलका अध्यक्ष भूमेश्वर ढकालले शुभारम्भ गरे ।

मेलामा ग्राहकहरूले विभिन्न आकर्षक अफर र छुटमा टाटाका कारहरू खरिद गर्न सक्ने सिप्रदीका डिडिएम गोविन्द घिमिरेले बताए ।

मेलामा यात्रुबाहक बस, टाटा नेक्सन कारको प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ पुल, नेल आर्ट, फेस पेन्टिङ, फोटोसुट, फूड स्टलल र सांगीतिक कार्यक्रम पनि राखिएको छ ।

कार मेला बुटवल कालिकानगरको क्लव डेनोभोमा बिहान ११ बजेदेखि सँझ ७ बजेसम्म ३ दिन चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment