Comments Add Comment

फेसबुकमा युवतीको अश्लिल फोटो राखेर ब्ल्याकमेल गर्ने समातिए

११ जेठ, नवलपरासी । फेसबुकमा नक्कली एकाउन्ट बनाएर ब्याल्कमेल गर्ने युवकलाई प्रहरीको फन्दामा परेका छन् ।

सुनवलकी एक युवतीको नाममा फेसबुक आइडी खोलेर उसको नक्कली अश्लिल तस्वीर राखेर अन्य अश्लिल तस्वीर पनि राखिदिने धम्की दिएको आरोपमा गुल्मीको कालिगण्डकी गाउपालिका–५ फोक्सिङ घर भइ हाल रुपन्देहीको सैनामैना नगरपालिका–६ मा बस्दै आएका १९ वर्षीय गणेश ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई साइबर क्राइम अन्तर्गत मुद्दा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका मुद्दा शाखाका प्रहरी नायब निरीक्षक टिकाराम पोख्रेलले बताए ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न प्रकारका अश्लिल फोटाहरु अपलोड गरी सम्बन्धित व्यक्तिलाई धमकाउने गरेपछि पीडित महिलाले प्रहरीलाई उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीका आधारमा ढकाललाई प्रहरीले पक्राउ गरी थप कारवाहीका लागि महानगरीय अपराध महाशाखा, टेकु काठमाडौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment