Comments Add Comment

बुटवलमा टाटा मोटर्स कार मेला सुरु

११ जेठ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र सिप्रदी ट्रेडिङ्गका लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनल को संयुक्त सहकार्यमा टाटा मोटर्स कार मेला आजबाट बुटवलस्थित क्लव डी नोभोमा सुरु भएको छ ।

उक्त मेला जेठ ११, १२ र १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको हुनाले यो बर्षदेखि बुटवलमा पनि आयोजना गर्न लागिएको हो ।

यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् ।

यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।
साथै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ ।
विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment