Comments Add Comment

हैदरावाद आईपीएलको फाइनलमा

राशिद खान

१२ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो ।

आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ ।

हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन मात्र बनाउन सक्यो । हैदरावादका राशिद खानले ३ विकेट लिए । उनलाई प्लेयर अफ दि म्याच अवार्ड दिइयो ।

यसअघि टस हारेर व्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।

कोलकाताका ओपनर क्रिस लिनले जारी सिजनमा आफ्नो चौथो अर्धशतक बनाउन चुके । उनलाई ४८ रनको स्कोरमा राशिद खानले बोल्ड गरे ।

सुनिल नरेनले १३ बलमा २६ रन बनाए । उनलाई सिद्धार्थ कोलले कार्लोस ब्रेथवेटको हातबाट क्याच आउट गरे । नितिश राणालाई २२ रनमा रिद्धिमान साहले रनआउट गरे ।

कप्तान दिनेश कार्तिकले ६ बलमा ८ रन बनाएर शाकिब अल हसनको बलमा बोल्ड भए ।

सनराइजर्स हैदरावादले अन्तिम ११ बलमा ३६ रन जोडेको थियो । यसमा राशिद खानले १० बलमा ३४ रन योगदान गरे । राशिदले २ चौका र ४ छक्का प्रहार गरे । राशिद खान र भुवनेश्वर नटआउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment