Comments Add Comment

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ

१२ जेठ, धरान । तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । उनलाई गुण्डागर्दीको आरोपमा प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको छ । यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् ।

निकै विवादित छविका गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए । जसमा जबरजस्ती मिलापत्र गराइएको आरोप छ ।

डिएसपी श्रेष्ठले गुरुङका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो । त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए । नेता कार्यकर्ताको चर्को दबावपछि उनी रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment