Comments Add Comment

सारालाई पहिलो गाँसमै ढुंगा, ५ करोड क्षतिपूर्ति माग्दै मुद्दा

बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । तर, उनलाई पहिलो गाँसमै ढुंगा जस्तो भएको छ ।

सो फिल्मका निर्देशक अभिषेक कपुरले सारालाई अदालतमा तानेका छन् । साराले फिल्मका लागि गरेको सम्झौता अनुशरण नगरेको उनको आरोप छ । अभिषेकका अनुसार साराले केदारनाथका लागि जुनसुकै डेट दिन आफू तयार रहेको भनेर कन्ट्राक्ट साइन गरेकी थिइन् । तर, यही बीचमा उनले अर्को फिल्म ‘साम्बा’ हात पारिन् । यस फिल्ममा उनी रणवीर सिंहसँग रोमान्स गर्दैछिन् ।

यता केदारनाथको सुटिङ जुलाईसम्म लम्बिने भएको छ । तर, जुलाईदेखि साम्बामा काम गर्ने भनेर साराले डेट दिइसकेकी छन् । यसले गर्दा उनी चेपुवामा परेकी हुन् ।

साराका म्यानेजरले केदारनाथका निर्देशकलाई जुलाईमा सारा उपलब्ध हुन नसक्ने जानकारी गराएपछि अभिषेक आक्रोशित बने । उनले अदालतमा साराविरुद्ध मुद्दा हाल्दै ५ करोड क्षतिपूर्तिको माग गरेका छन् । सारालाई लिएर धेरै सुटिङ भइसकेको र नयाँ नायिका लिँदा खर्चभार बढ्ने भन्दै उनले सो क्षतिपूर्ति दावी गरेका हुन् । अब अदालतले कसको पक्षमा फैसला गर्छ हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment