Comments Add Comment

कपिल शर्माको अत्तोपत्तो छैन, के भयो उनको नयाँ शो ?

पछिल्लो समय अत्यधिक विवादमा मुछिएका भारतीय कमेडियन कपिल शर्माको अहिले अत्तोपत्तो छैन । उनी कहाँ, के गर्दैछन् भन्ने मिडियाहरुले भेउ पाउन सकेका छैनन् ।

‘कमेडी नाइट विथ कपिल’ नामक टेलिभिजन शोबाट ख्याति कमाएका कपिल आफ्ना सहकर्मीहरुसँगको झगडा पछि विवादमा मुछिएका थिए । त्यसपछि उनको शो पनि बन्द भएको थियो । पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक गरेका थिए । तर, त्यो शो पनि अहिले स्थगित छ ।

कपिलले आफ्नो शोको फम्र्याटबाट सन्तुष्ट नभएकाले केही तयारी गरेर नयाँ कलेवरमा एक महिनापछि फेरि आउने भनिएको थियो । तर, एक महिना बितेको धेरै भइसक्यो । शोको विषयमा च्यानलले आधिकारिक केही भनेको छैन । बरु सोनी टेलिभिजनका विजनेस हेड दानिश खानले शो बन्द भएको घुमाउरो संकेत गरेका छन् ।

एक अन्तरवार्तामा उनले भने, ‘कपिल जब स्वस्थ हुन्छन्, हामी फेरि उनीसँग काम गर्न तयार छौ ।’

केही समययता कपिल डिप्रेसनबाट ग्रस्त छन् । उनले आफ्नो शोमा सेलिबि्रटीहरुलाई बोलाएर घन्टौं पर्खाउने र सुटिङ नगरी फर्काउने गरेको खबरहरु आइरहेका थिए । त्यही भएर सेलिब्रिटीहरु उनको शोमा आउन हिच्किचाउन थालेका थिए । कपिलले भने यसको खन्डन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment