Comments Add Comment

जहाँ विवाहित महिलाहरु सातपटक अन्जान पुरुषसँग यौनसम्पर्क गर्छन्

इण्डोनेसियामा एउटा अनौठो परम्परा रहेको छ । त्यहाँ हरेक वर्ष महिलाहरुले अपरिचित पुरुषसँग यौन सम्पर्क कायम गर्दछन् । अझ रोचक त के भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग बनाउने यौन सम्बन्धमा उनीहरुका लोग्नेले पनि सहयोग गर्दछन् । १६ औँ सताब्दीदेखि यो परम्परा चलिआएको छ ।

हामीकहाँ परपुरुष सँगको सम्बन्ध अवैध र घृणित मानिन्छ । तर इण्डोनेसियाको पोन नामक पर्वमा ठूलो संख्यामा महिला तथा पुरुषहरु माउन्ट केमुकस पुग्दछन् । त्यहाँ महिलाहरु आफुलाई मन पर्ने कुनै अपरिचित पुरुषको खोजी गर्दछन् । अनि मनले खाएको भेटेसँगै सहमतिमा यौन सम्पर्क राख्दछन् ।

हरेक ३५ दिनमा जब यो पर्व आयोजना हुन्छ, महिलाहरु सोही पुरुषसँग यौन सम्पर्क गर्नुपर्दछ । लगातार सात पटकसम्म महिलाले उक्त परपुरुषसँग यौन सम्पर्क बनाएपछि महिलाको मनको इच्छा पूरा हुने र जिवनमा चिताएको पुग्ने जनविश्वास छ ।

यो पर्वसँग अनौठो कहानी जोडिएको छ । १६ औँ शताब्दीमा त्यहाँ एक राजा थिए पेगेरन समोद्रो । उनी आफ्नो सौतेली आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँदथे । एकरात जब उनले सौतेनी आमासँग यौन सम्पर्क गरिरहेका थिए, त्यसबेला दुबैको हत्या भयो ।

त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएकोे यौनक्रिया जसले पूरा गर्न पाउँदछ उसका सबै दुखकष्ट हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ । राजाले आफ्नी सौतेलो आमासँग यौन सम्पर्क गरेर पाप गरेका हुनाले कुनै अपरिचित पुरुषसँग यौन सम्पर्क गरेर पाप गर्ने विवाहित महिलालाई ती राजाको आत्माले आशिर्वाद दिने र मृतक राजाको आशिर्वादले महिलालाई फलिफाप हुने जनविश्वास छ ।

यो पोन पर्व जाभा प्रान्तको सोलो गाउँसिथत केमुकस पर्वतमा मनाइन्छ । त्यहाँ आउने मानिसहरु सुरुमा मृतक राजा र उनकी सौतेली आमाको चिहानमा फूल चढाएर आउँछन् । त्यसपछि स्थानीय कुवामा नुहाउँछन् र त्यहीँ भेटिएको पार्टनरसँग यौन सम्पर्क गर्दछन् ।

यो पर्व आधुनिक बन्दै गएको छ र उक्त क्षेत्रमा होटलहरु पनि बनिसकेका छन् । त्यसैले त्यहाँ भेट हुने जोडीहरु होटलमा बसेर समय बिताउने र होटलभित्रै यौनक्रिडा गर्ने गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment