Comments Add Comment

होटल अन्नपूर्णमा आईतबारबाट दुई दिने भारतीय शैक्षिक मेला

होटल अन्नपूर्णमा आईतबारबाट दुई दिने भारतीय शैक्षिक मेला

१२ जेठ, काठमाडौं ।  राजधानीको होटल अन्नपुर्णमा भारतीय शैक्षिक मेलाको आयोजना गरीने भएको छ । नेपाल ईन्डीया काउन्सील फर एजुकेसन (नाईस)को आयोजनामा हुने शैक्षिक मेलामा भारतमा रहेका विभिन्न लोकप्रिय युनिभर्सिटि तथा कलेजहरुको कार्यक्रम र भर्ना प्रक्रियाका बारेमा जानकारी दिईनेछ ।
जेठ १३ र १४ गरी दुई दिन चल्ने मेला विहान १० बजे सुरु भएर बेलुकी ६ बजेसम्म जारी रहने आयोजक संस्थाले जानकारी दिएको छ । उच्च शिक्षा अध्ययनको लागि भारतको एनएएसि, एबिईटि, एनबिए लगाएतबाट मान्यताप्राप्त उत्कृष्ट युनिभर्सिटि तथा कलेजको बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिईने छ ।मेलामा ईन्जीनियरिङ, म्यानेजमेन्ट, प्यारामेडिकल, फेसन डिजाईन, आईटी, पाईलट ट्रेनिङ र आयुर्वेदिक लगाएतका संकायका बारेमा जानकारी दिईनेछ ।

१० वर्ष भन्दा लामो समय व्यवसायिक ढंगले काम गरेका परामर्शदाताहरुले एउटै थलोमा बसेर सत्यतथ्य तथा भरपर्दो जानकारी उपलब्ध गराउने भएकाले मेला नेपाली विद्यार्थीको लागी विशेष रहने  आयोजकले बताए ।

विद्यार्थीलाई युनिभर्सिटीको बारेमा मात्र नभएर अबको विश्व बजारमा कुन विषय लिएर पढ्दा आफ्नो भविष्य राम्रो बन्छ भन्ने विषयमा पनि जानकारी दिईने आयोजकले बताए । ‘मेला युनिभर्सिटी र कलेज छान्ने मात्र नभई भविष्य खोज्ने अवसर पनि विद्यार्थीले पाउँनेछन् । मेलामा युनिभर्सिटी तथा कलेजका आधिकारीक व्यक्तिबाट प्रत्यक्ष जानकारी दिईने आयोजकले जनाएको छ ।

नेपाल ईन्डीया काउन्सील फर एजुकेसन (नाईस) नेपाल र भारतको शिक्षलाई उच्च व्यवसायिकताका साथ प्रवर्दन गर्ने उद्देश्यले स्थापना भएको संस्था हो ।

मेलामा सहभागी विद्यार्थीलाई छात्रबृत्ति व्यवस्था गरीनुको साथै भारतमा अध्ययनको लागी जाँदा भुटान एयरलाईन्सले न्युनतम भाडादरमा टिकट उपलब्ध गराउने बताईएको छ ।

सारदा युनिभर्सिटी मुख्य प्रायोजक रहेको उक्त मेलाको बेङलोर टेक्नोलोजिकल ईन्टीच्युडले सह–प्रायोजन गरेको छ । मेलाको मिडिया पाटनर एस म्यागेजिन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment