Comments Add Comment

नेपालमा अब नयाँ अमेरिकी राजदूत, को हुन् र्‍यान्डी ?


१२ जेठ, काठमाडौं । नेपालमा नयाँ अमेरिकी राजदूत आउने भएका छन् । र्‍याण्डी डब्लु बेरी नेपालका लागि नयाँ राजदूत सिफारिस भएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा सिफारिस गरेका छन् । अमेरिकाको संसदले यो सिफारिस पारित गरेपछि उनी नेपाल आउनेछन् ।

हाल नेपालकी राजदूत रहेकी एलियना बी टपलेज श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने भएकी छिन् ।

सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले सन् २००७ देखि २००९सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’का रुपमा काम गरिसकेका छन् । बेरीले न्युजिल्याण्डमा कन्सुल जेनरलको भूमिका पनि निभइसकेका छन् ।

उनी समलंगी अधिकारकर्मी समेत हुन् । पुरुष समलिंगी पनि हुन् । तत्कालीन राष्ट्रपति बराक ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment