Comments Add Comment

सरकारप्रति राजपा असन्तुष्ट, यादव भन्छन्-अझै मुद्दा फिर्ता भएन

१२ जेठ, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । साथै मधेस आन्दोलनका क्रममा लागेका मुद्दाहरु अझै फिर्ता नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा राजपा नेता यादवले भने, ‘हामी चाहन्छौं, सरकारले हामीले दिएको समर्थन, विश्वासअनुसार समस्या समाधान गरोस् । नभए समर्थन किन भनेर प्रश्न आउँछ ।’

उनले संविधान संशोधनको प्रक्रिया अघि नबढेको मात्र होइन, मुद्दा फिर्ता नभएको, सांसद जेलमा रहेको र थप पक्राउ गर्ने काम भइरहेको बताए ।

नेता यादवले सरकारले विकासको सपना देखाएपनि त्यसलाई काम गरेर देखाउन नसकेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment