Comments Add Comment

पाकिस्तानको आम निर्वाचन जुलाई २५ मा

शरिफको पार्टीलाई पूर्वक्रिकेटरको चुनौती


१३ जेठ, काठमाडौं । पाकिस्तानमा आगामी २५ जुलाईमा आम निर्वाचन हुने भएको छ । राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका छन् ।

राष्ट्रपतिका प्रवक्ताका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने छ ।

पाकिस्तानमा वर्तमान सरकारको कार्यकाल सकिँदैछ । हाल पाकिस्तानको प्रधानमन्त्री शाहिद खकान अब्बासी छन् ।

गत वर्ष जुलाईमा तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै पदमुक्त गरेको थियो । त्यसपछि शरिफकै पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले खकानलाई प्रधानमन्त्री बनाएको थियो ।

सन् २०१३ मा भएको आम निर्वाचनबाट शरिफले अत्यधिक बहुमत हासिल गरेका थिए । आगामी चुनावमा पाकिस्तान मुस्लिम लिगलाई तहरिक ए इन्साफ पार्टीले टक्कर दिने अनुमान छ । तहरिक एक इन्साफ पूर्वक्रिकेटर इमरान खानको पार्टी हो ।

नवाज शरिफलाई भने अदालतले चुनाव लड्नसमेत प्रतिवन्ध लगाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment