Comments Add Comment

देउवाले भने-निर्वाचित सभापति हुँ, कसैले ‘गेट आउट’ भन्दैमा हुन्नँ

'एमाले र माओवादी मिलेका कारण मात्र कांग्रेसले चुनाव हारेको हो'

कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्वीर

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले ‘गेट आउट’ भन्दैमा आफूले कांग्रेस नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वाचित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताए ।

रामचन्द्र पौडेल समेत सहभागी रहेको कार्यक्रममा देउवाले भने- म निर्वाचित भएर आएको सभापति हुँ । कसैले गेट आउट भन्दैमा गेट आउट हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला ।

सभापति देउवाको कार्यकाल अब दुई वर्ष बाँकी छ । थप एक वर्ष कार्यकाल थप्न पाउने अधिकार सभापतिलाई हुन्छ ।

निर्वाचनमा पराजयपछि कांग्रेसको एक समूहले सभापति देउवाको कार्यक्षमतामा प्रश्न उठाएका छन् भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग पनि गरेका छन् ।

तर, सभापति देउवाले निर्वाचनमा कांग्रेस पराजयको कारण एमाले-माओवादी एकता नै भएको बताए । अरु कारणले कांग्रेस नहारेको उनको दावी छ । पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारेको भन्ने पौडेल पक्षको निष्कर्षलाई उनले जवाफ दिएका हुन् ।

कार्यक्रममा देउवाले भने- यसपटक एमाले र माओवादी मिलेका कारणमात्र कांग्रेस हारेको हो । उनीहरु नमिल्दा पनि यसअघि दुईपटक कांग्रेसले चुनाव हारेकै हो । मैले किन जिम्मा लिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment