Comments Add Comment

अवार्ड कार्यक्रममा देखियो रेजिना र शोभितको पुरानै सौहार्दता


निर्देशक शोभित बस्नेत र नायिका रेजिना उप्रेतिबीचको सम्बन्धबारे एकताका मिडियामा निकै गसिपहरु बन्थे । तर रेजिनाले बिहे गरेसँगै यो सिलसिला टुंगियो । उनी अहिले छोरीको आमा बनिसकेकी छिन् ।

रेजिनाले केही दिन अगाडि काठमाडौमा आयोजना भएको ‘डी सिने अवार्ड’मा नृत्य प्रस्तुत गरेकी थिइन् । कलाकार रोहित रुम्बासँग उनले केही चर्चित चलचित्रका गीतमा नृत्य गरिन् । उनले आफूलाई आज पनि अब्बल छु भनेर सावित गर्न खोजिन् ।

कार्यक्रममा शोभित पनि उपस्थित थिए । उनले रेजिनाको डान्स चाख मानेर हेरे । नृत्य सकेपछि रेजिना शोभितसँगै आएर बसिन् । उनीहरुको भलाकुसारी मिडियाका लागि विशेष हुने नै भयो । रेजिना र शोभितले अवार्ड अवधीभर रमाएर गफ गरि नै रहे । उनीहरुबीच पुरानै सौहार्दता देखियो ।

बिहे गरेपछि हराएकी रेजिना अहिले फेरि आफ्नो पुरानो चर्चा फर्काउने सुरमा लागेकी छिन् । उनी कुनै समय चलचित्र क्षेत्रमा खुबै चर्चित थिइन् । चलचित्रको सफलताभन्दा पनि गसिपको दुनियाँले उनलाई हराउन दिएन । तर, बिहेपश्चात घरयासी जीवन बिताइरहेकी रेजिना गुपचुप थिइन् ।

तर, फेरि अहिले रेजिना चलचित्रको दुनियाँले पछ्याउन थालेको छ । यसैले उनी सार्वजनिक कार्यक्रममा पुग्न थालेकी छिन् भने स्टेजमा कम्मर मर्काउन पनि थालेकी छिन् । आमा बन्दा मोटाएकी रेजिना अहिले विस्तारै फिट पनि बन्न थालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment