Comments Add Comment

प्रधानमन्त्रीको प्रष्टोक्ति-घर पनि सुनका, गल्ली पनि सुनका बनाउने भनेका छैनौं

'नेपाललाई पहिलो विश्वमा पुर्‍याउछौं भन्न पनि नपाइने हो ?'

१३ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्टिकरण दिएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै ओलीले रामायणको प्रसंग निकालेर सम्भव हुने सपनामात्र देखाइएको बताए ।

ओलीले भने-रामायणमा भनिएको छ ‘घर पनि सुनैका छन्, गल्लि पनि सुनैका’ । यो सरकारले अर्को वर्ष सुनका घर र सुनकै गल्लि बनाउछौं भनेर भनेको छैन ।सम्भव हुने र सम्भव बनाउनुपर्ने सम्बृद्धिका सपना बोकेको छ । सम्बृद्ध नेपाल र सुखी नेपाल्किो उद्देश्यमा केन्दि्रत छ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो ।

ओलीले नेपाललाई सम्बृद्ध र विकसित बनाउँने कुरा गर्दा हावादारी भनेर उडाउने प्रवृतिप्रति दुःख व्यक्त गरे । उनले गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउने,दुःखी नेपालीलाई सुखी बनाउने कुरा गर्दा आरोप खेप्नुपरेको गुनासो गरे ।

ओलीले भने-नेपाल अहिले तेस्रो विश्वमा छ । तेस्रोबाट पहिलो विश्वमा पुर्‍याउछु भन्न पाइदैन । के नेपाल पहिलो विश्वमा पुग्नै नसक्ने गरि अभिशप्त हो ? कति वर्ष लाग्छ, थाल्नु त पर्‍यो नि ।

ओलीले नीति तथा कार्यक्रममाथि आम रुपमा सबैको सहमति देखिएको भन्दै प्रतिपक्षको धर्म निर्वाह गर्ने बाहेक कसैले आलोचना नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment