Comments Add Comment

‘ए मेरो हजुर ३’ पछि ‘लिलिबिली’ निर्देशकको फिल्म गर्दै अनमोल


नायक अनमोल केसी नायिका झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’मा अनुवन्धित भइसकेका छन् । झरनाकी छोरी सुहानीसँग अनमोलले यो चलचित्रमा रोमान्स गर्नेछन् ।

अनमोल र सुहानी अभिनित यो चलचित्रको छायांकन भदौबाट सुरु हुनेछ । अहिलेसम्मको योजना अनुसार नयाँ बर्षमा चलचित्र रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । म्यूजिकल लभस्टोरी कथामा यो चलचित्र बन्नेछ ।

हाल होम प्रोडक्शनको चलचित्र ‘क्याप्टेन’को छायांकनमा व्यस्त नायक केसीले ‘ए मेरो हजुर ३’को छायांकन लगत्तै निर्देशक मिलन चाम्सको चलचित्र गर्ने भएका छन् ।

नायक केसीले अनलाइनखबरसँग भने-‘मिलन दाई र मेरो लिखित सम्झौता त हुन बाँकी छ । तर, मौखिकरुपमा हामी सहमतिमा पुगिसकेका छौ । ‘ए मेरो हजुर ३’ पछि मिलन दाइको चलचित्र गर्छु ।’

नाम जुरिनसकेको यो चलचित्र पनि पूर्ण रुपमा लभस्टोरी कथामा नै बन्नेछ । चलचित्रको सम्पूर्ण छायांकन नेपाल बाहिर हुनेछ । निर्देशक चाम्सले भने-‘अनमोलले मेरो चलचित्रको कथा सुनिसकेका छन् । म पनि नेपाल बाहिर भएकाले सम्झौता गर्न पाएका छैनौ । संभवत, एक दुई दिनमा हामी लिखित सम्झौता गर्दैछौ ।’

मिलनले अनमोलको जोडीको रुपमा नायिका फाइनल नगरेको बताए । तर, यसपटक नयाँ नायिका नल्याउने उनले बताएका छन् ।
यसरी, हेर्दा नायक अनमोल केसी ३ वटा प्रोजेक्टमा काम गर्ने छन् । लभ स्टोरी चलचित्रपछि फरक धार समाएका अनमोल फेरि आफ्नै ट्र्याकमा फर्केका हुन् ।

‘ए मेरो हजुर ३’मा अनमोल फाइनल, सुहानीसँग रोमान्स गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment