Comments Add Comment

जिपको नालिबेलीः रेकर्डमाथि रेकर्ड, एसयूभीमा सबैभन्दा ठूलो विरासत

'द ओरिजिनल फन एन्ड फ्रिडम मेसिन'


१३ जेठ, काठमाडौं । ‘नाजी होस् या आर्थिक मन्दी वा लगातारको स्वामित्व परिवर्तन नै किन नहोस्, केहीले पनि जिपलाई अहिलेसम्म रोक्न सकेको छैन । भविष्यमा जिप ब्रान्ड जस्कोसुकै हातमा गए पनि यो निरन्तर दौडिरहनेछ ।’ अमेरिकी अटो ब्रान्ड जिपबारे चर्चित भनाइ हो यो ।

जिप भन्ने बित्तिकै मानिसहरुले एसयुभी सेग्मेन्ट वा ग्राउन्ड क्लेयरेन्स धेरै भएको अफरोड गाडीलाई बुझ्छन् । तर खासमा जिप भनेको कुनै सेग्मेन्ट होइन बरु एउटा ब्रान्ड हो, अमेरिकामा सबैभन्दा बढी रुचाइने र विश्वकै चर्चित अफरोड गाडी निर्माता ब्रान्ड ।

जिपको विरासत
जिपको सुरुवात कसरी भयो भन्नेबारे एउटा रमाइलो कथा छ । वास्तवमा सेनाको चर्चा नगरिकन जिपको इतिहास पूरा हुनै सक्दैन । सन् १९४० मा दोस्रो विश्वयुद्धको मुखैमा अमेरिकी सेनाले अटो निर्मार्ताहरुसँग आवेदन माग्यो, आफ्नो लागि गाडी निर्माण गर्न ।

फोर ह्विल ड्राइभ हुनुपर्ने, तीन जना जवान बोेक्न सक्ने, ७५ इन्चभन्दा कम ह्विल बेस भएको, ४७ इन्धनको एक्सल ट्रयाक भएको, फोल्ड गर्न मिल्ने विन्डशिल्ड भएको, ६६० पाउन्ड बराबरको वजन बोक्न सक्ने, इन्जिनको टर्क क्षमता ८५ फुट पाउन्ड भएको र खाली हुँदा १३०० पाउन्डभन्दा कम वजन भएको । सेनाले आफ्नो भावी गाडीमा यी आठ वटा स्पेसिफिकेसन हुनुपर्ने बताएको थियो ।


यसमा सेनाको थप तीन वटा सर्त थिए । आवेदन ११ दिनभित्र आउनुपर्ने । निर्माताले ४९ दिनमा पहिलो ‘प्रोटोटाइप’ गाडी बनाउनुपर्ने र ७५ दिनभित्र ७० वटा परीक्षण गाडी उपलब्ध गराउनुपर्ने । सेनाले यो विज्ञापन कुनै सन्कीले निकालेको जस्तो भान हुन्थ्यो, त्यो बेला ।

किनभने यति छोटो समयमा यी स्पेसिफिकेसन भएका गाडी बनाउनु असम्भव जस्तै थियो । एक सय ३५ वटा अटो निर्माता थिए, पूरै अमेरिकामा । तर मात्र दुई वटा कम्पनी सेनाले दिएको स्पेसिफिकेसन र सर्तमा गाडी बनाइदिन तयार भए, अमेरिकन बान्टम कार कम्पनी र विलिस-ओभरल्यान्ड मोटर । यसमा पनि ‘डेडलाइन मिट’ नगरेका कारण विलिस फालियो र बान्टमले एउटा मोडेल दियो सेनालाई जुन सेनाले सोचेभन्दा पनि राम्रो थियो ।

साहस, सपना र खोज’  कुनै समय जिपले आफूलाई मिल्ने यस्तो ट्यागलाइनको विकास गरेको थियो । भनिन्छ, जिपकै कारणले अमेरिकाले विश्वयुद्ध जितेको थियो । त्यसैले पनि उसलाई कुनै वीर सैनिकलाई दिइने उच्च सम्मान दिइएको थियो । जिप सदा आफ्नो सम्पदाप्रति बफादार रह्यो । जिपले कहिले पनि आफ्नो क्षमता र शक्तिसँग सम्झौता गरेन

तर सेनाको माग पूरा गर्ने क्षमता बान्टमसँग पनि थिएन । त्यसैले जिपको निर्माण अधिकार विलिसले नै पायो । पछि जिप ब्रान्डको स्वामित्व फोर्ड, एएमसी, क्रिस्लर, डेमलरबाट सर्दै सर्दै अहिले फियाट् क्रिस्लर अटोमोबाइल्स (एफसीए)सँग छ ।

स्वतन्त्रता, रोमाञ्चकता, आधिकारिकता र जोश

वास्तवमा जिप ब्रान्ड स्वतन्त्रता, रोमाञ्चकता, आधिकारिकता र जोशको प्रतिक हो । पछिल्ला आठ दशकदेखि जिप ब्रान्डले जिपधनीहरुलाई कठिन भूगोलमा पनि सुरक्षित यात्राको आभाष दिलाइरहेको छ । जन्मेदेखि नै यो ब्रान्डले अद्वितीय, फुर्तिलो र क्षमतावान् सवारी निर्माण गर्दै आएको छ । ७७ वर्षअघिदेखि नै जिप ब्रान्ड स्वतन्त्रता, साहस, आधिकारिकता र जोशसँग मिसिँदै आएको छ ।


जिपलाई ‘ओरिजिनल फन एन्ड फ्रिडम मेसिन’ पनि भन्ने गरिन्छ जुन ‘जहाँसुकै गएर जे पनि गर्न’ सक्षम छ । सुरुदेखि नै जिप ‘स्वतन्त्रता’सँग जोडिँदै आएको छ । दोस्रो विश्वयुद्धमा अमेरिकी र गठबन्धन सेनालाई जिपले पुर्‍याएको योगदानको चर्चा अहिले पनि हुने गर्छ ।

साहसिक यात्राका लागि जिप सबैभन्दा विश्वासिलो सहयात्री मानिन्छ । ‘साहस, सपना र खोज’ । कुनै समय जिपले आफूलाई मिल्ने यस्तो ट्यागलाइनको विकास गरेको थियो । भनिन्छ, जिपकै कारणले अमेरिकाले विश्वयुद्ध जितेको थियो । त्यसैले पनि उसलाई कुनै वीर सैनिकलाई दिइने उच्च सम्मान दिइएको थियो । जिप सदा आफ्नो सम्पदाप्रति बफादार रह्यो ।

जिपले कहिले पनि आफ्नो क्षमता र शक्तिसँग सम्झौता गरेन । र जिपका सदस्यहरु सधैं उत्सुक छन् । जिप धेरै मानिसहरुको ‘आदत’ बनेको छ । ‘जिपर’हरुको जीवनशैली भिन्न छ र जिपले उनीहरुलाई ‘दुर्लभ’ आभाष दिलाउँछ ।

रेकर्डमाथि रेकर्ड

सन् २०१४ मा जिप ब्रान्डले लगातार तेस्रो पटक अल-टाइम ग्लोबल सेल्स रेकर्ड राखेको थियो । त्यो वर्ष संसारभर १० लाख १७ हजार एक सय ९ वटा जिप विक्री भएका थिए । अघिल्लो वर्ष उसले सात लाख ३१ हजार पाँच सय ६५ वटा गाडी बेचेको थियो भने सन् २०१२ मा सात लाख एक हजार ६ सय २६ वटा ।

सन् २०१५ मा जिपले आफ्नो लाइनअपमा साना एसयुभी रेनेगेडलाई ल्यायो । यसमा बेस्ट-इन-क्लास अफ-रोड क्षमता, खुल्ला आकाशको स्वतन्त्रता र विलासिताको एउटा अपूर्व संयोजन छ । सेग्मेन्टमै पहिलो पटक नाइन-स्पिड अटोमेटिक ट्रान्समिसनले अभुतपूर्व अफ-रोड ड्राइभिङ अनुभव दिलाउँछ ।

यसको डिजाइन विश्वस्तरीय छ र यसमा दुई वटा मल्टिएयर इन्जिन प्रयोग भएका छन् भने नयाँ सुरक्षा व्यवस्था र अत्याधुनिक फिचर छन् । रेनेगेड जिपको लाइनअपमा पाँचौं एसयुभी हो ।

जिपले गत वर्षदेखि भारतमा पनि कम्पासको निर्माण थालेको थियो । एक वर्षभन्दा कम अवधिमा भारतमा २० हजारभन्दा बढी कम्पासको डेलिभरी भइसकेको छ भने यहाँ निर्मित गाडी अस्ट्रेलिया र बेलायतमा पनि निर्यात हुन्छ

एसयूभीको सबैभन्दा ठूलो लाइनअप

एउटै ब्रान्डमा सबैभन्दा बढी एसयुभी भएको जिपसँग चेरोकी, कम्पास, ग्रयान्ड चेरोकी, ग्रयान्ड चेरोकी एसआरटी, पेटि्रयट, रेंगलर, रेंगलर अनलिमिटेड जस्ता भेरियन्ट छन् ।

चेरोकीः यो मिड-साइज एसयुभीमा आइकनिक जिप ट्रायलको ४बाई४ क्षमता छ । तर यसमा अन-रोड डाइनामिक्ससँग सम्झौता गरिएको छैन । साथै अघिल्ला पुस्ताका जिपमा भन्दा यसको फ्युल इकोनोमी ४५ प्रतिशतले सुधार गरिएको छ । चेरोकीमा धेरै नयाँ फिचरहरु छन् जस्तो कि सेग्मेन्टकै पहिलो नाइन-स्पिड अटोम्याटिक ट्रान्समिसन, तीन वटा नयाँ ४बाई४ सिस्टम, रियर-एक्सल डिस्कनेक्ट र अत्याधुनिक सुरक्षा तथा प्रविधि ।

कम्पासः यो कम्प्याक्ट आरामदायी एसयुभी हो, डिजाइन पि्रमियम छ र इन्धन खपत कम गराउँछ । कम्पासको प्रयोजन व्यापक छ र यसलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेरिन्छ किनभने यसको क्षमता आश्चर्यजनक छ । जिपले गत वर्षदेखि भारतमा पनि कम्पासको निर्माण थालेको थियो । एक वर्षभन्दा कम अवधिमा भारतमा २० हजारभन्दा बढी कम्पासको डेलिभरी भइसकेको छ भने यहाँ निर्मित गाडी अस्ट्रेलिया र बेलायतमा पनि निर्यात हुन्छ ।

रेंगलर जिप ब्रान्डको आइकन नै हो । यो अझै पनि जिप सम्पदाप्रति पूर्ण रुपमा बफादार छ । विलिसले तयार पारेको एमबीको झल्को अझै पनि रेंडलमा देखिन्छ । तर अहिले यसको इन्टेरियरमा धेरै सुधार भइसकेको छ । यो पि्रमियम बडी कलर हार्डटपमा पाइन्छ र रेंगलरमा एफसीएको युएएस एलएलसी ३.६ लिटरको पेन्टास्टार भी-६ इन्जिन जडान गरिएको छ ।

ग्रयान्ड चेरोकीः यो गाडी हालसम्ममै सबैभन्दा बढी अवार्ड पाउन सफल एसयुभी हो । यसमा जिपको लेजेन्ड्री क्षमतालाई विश्वस्तरीय डिजाइन, पि्रमियम अन-रोड ड्राइभिङ डाइनामिक्स र अत्याधुनिक सुरक्षा प्रणालीसँग फिट गरिएको छ ।

ग्रयान्ड चेरोकी एसआरटीः यो जिप बेस्ट पर्फर्मर एसयुभी हो जसले मात्र ४.८ सेकेन्डमा ० देखि एक सय किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ । जसअर्थ यसले १३ सेकेन्डमै एक चौथाइ माइल दुरी तय गर्छ र यसको अधिकतम गति दुई सय ५६ किलोमिटर प्रतिघन्टा रहेको छ । ग्रयान्ड चेरोकी शक्तिशाली, सुधृत, विलासी र प्राविधिकरुपमा उच्चस्तरीय प्रिमियम एसयुभी हो ।

पेट्रियटः यो कम्प्याक्ट एसयुभीमा पनि जिप ब्रान्डले मात्र दिनसक्ने रोमाञ्चकता, साहसिकता र मूल्यको सम्मिश्रण पाइन्छ । यसको फ्युल इकोनोमी सुधृत छ र सेग्मेन्टमै बढी क्षमता छ । जिप पेट्रियट अमेरिकामा सबैभन्दा उचित मूल्य राखिएको भेरियन्ट मानिन्छ ।

रेनेगेडः जिपको लाइनअपमा सबैभन्दा नयाँ सदस्य रेनेगेड हो । साना एसयुभी सेग्मेन्टको विस्तारसँगै जिपले रेनेगेड ल्याएको हो । यो सबैभन्दा शक्तिशाली एसयुभी हो । यो कुल छ, ‘युथफुल’ छ र जिपको क्षमता यसमा पनि अनुभव हुन्छ । प्रिमियम एसयुभीमा मात्र पाइने धेरै प्रविधि रेनेगेडमा पाइन्छ ।

रेंगलरः रेंगलर जिप ब्रान्डको आइकन नै हो । यो अझै पनि जिप सम्पदाप्रति पूर्ण रुपमा बफादार छ । विलिसले तयार पारेको एमबीको झल्को अझै पनि रेंडलमा देखिन्छ । तर अहिले यसको इन्टेरियरमा धेरै सुधार भइसकेको छ । यो पि्रमियम बडी कलर हार्डटपमा पाइन्छ र रेंगलरमा एफसीएको युएएस एलएलसी ३.६ लिटरको पेन्टास्टार भी-६ इन्जिन जडान गरिएको छ ।

रेंगलर अनलिमिटेडः यो बजारमा उपलब्ध एउटै मात्र चारवटा ढोका भएको ४बाई४ कन्भर्टिबल एसयुभी हो जसमा पाँच वयस्क यात्रीका लागि ठाउँ छ । यसमा पनि प्रिमियम हार्डटप छ र ३.६ लिटरको पेन्टास्टार भी-६ इन्जिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment