Comments Add Comment

सन्तोष र पूजाको ‘कहानी तेरो मेरो’


आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘बेबी आइ लभ यू’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘कहानी तेरो मेरो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष खड्गी र पूजा तिवारीलाई फिचरिङ गरिएको छ । सन्तोष र सुज्यमको स्वर रहेको गीतमा शब्द तथा संगीत सन्तोषकै छ ।

सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सुरज आचार्यको छायांकन छ । जनक पाण्डेले निर्देशन गरेको चलचित्रमा सन्तोषकै कथा छ ।

जनककै पटकथा तथा संवाद रहेको चलचित्रलाई शिव न्यौपानेले निर्माण गरेका हुन् । लभ स्टोरी कथामा बनेको यो चलचित्रको ट्रेलरले दर्शकको मन जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment