Comments Add Comment

पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइनः ओली

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’

‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने ।

पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’

मंगोलियासँग २६५ वटा पानीजहाज रहेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले पानी जहाज र रेल मजाकमा उडाउने विषय नभएको बताए ।

काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताए । उनले अघि भने, हाम्रो रेलबाट ढुवानी गर्छौं । हामीलाई नपरेको बेला भाडामा पनि लगाउँछौं ।’

काठमाडौंमा मेट्रो रेल चलाउने सहमति महानगरले गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सम्भाव्यता अध्ययन सकिए लगतै निर्माण सुरु हुने बताए ।

अब भारतले सिमानामा बाटो बनाएर डुवानमा पार्दैन

प्रधानमन्त्री ओलीले अब भारतले सिमानामा बाटाका नाममा बाँध बाँधेर डुवानमा नपार्ने बताएका छन् । पूर्वसहमतिअनुसार डुवान क्षेत्रको अनुगमनका लागि छिट्टै संयुक्त टोली खटाइने बताए ।

उनले भने, ‘अब सिमानामा बाटाका नाममा, के नाममा डुवान गर्न पाउँदैन, गर्दैन ।’

उनले छिमेकी मुलुकसँग कुनै कार्ड नखेल्ने र लादिएका कुरा पनि स्वीकार्य नहुने बताए ।

प्रवुद्ध समूहको पछिल्लो बैठक भर्खर सकिएको भन्दै उनले सन् १९५० को सन्धिमा केके संशोधन गर्ने भन्ने सहमति नजिक पुगेको संसदलाई जानकारी गराए ।

यो पनि पढ्नुस् 

प्रधानमन्त्रीको प्रष्टोक्ति-घर पनि सुनका, गल्ली पनि सुनका बनाउने भनेका छैनौं

कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment