Comments Add Comment

ओरिजिन क्रिकेटको अवार्ड नाइट सम्पन्न

सिड्नी / दक्षिण यसियाली क्रिकेट खेलाडीहरुबीच लोकप्रिय अस्ट्रेलियाको ओरिजिन क्रिकेट क्लबले आफ्नो वार्षिक ओरिजिन क्रिकेट टुर्नामेन्ट समापनका अवसरमा सहभागी तथा बिजेताहरुलाई सम्मान गरेको छ ।

ओरिजिन क्रिकेट नाइट नामाकरण गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पाकिस्तानका पूर्व क्रिकेट खेलाडी वाकार युनुस थिए ।

कार्यक्रममा एक सय बीस खेलाडी तथा केही पाउनाहरु सहभागी थिए । ओरिजिन क्रिकेट यहाँको न्यू साउथ वेल्स क्रिकेट र मोजैक क्रिकेटको एक अंग हो र यसमा दक्षिन् यसियाली उपमदीपका खेलाडीहरु अनुबन्धित छन् ।

सहभागी १६ वोटा टिममा नेशन एघार र स्टार एघार ले फाइनल खेल ब्यंक्सटाउन अन्तर्रास्ट्रिय रंगशालामा खेलेका थिए ।

स्टार एघारले नेशन एघारमाथि जित हाशिल गरेको थियो । पहिले ब्याटिंग गरेको नेशन एघारले बीस ओबर मा १३९/५ स्कोर हाशिल ग¥यो ।

स्टार एघारले १९.४ ओबरमा १४१/६ स्कोर हासिल गरेर आफ्नो टार्गेट पुरा ग¥यो । म्यान अफ द म्याच फैसल नसीम घोसित भए ।

समापन समारोहको आयोजना हरिश भेल्जीले गरेका थिए भने संचालक ऐशा अहम्जाद थिइन् । पहिलो सत्रमा अम्पाएरहरुलाई क्यानटेबरी काउन्सिलका काउन्सिलर मोहमद हुँदाले सम्मानित गरेका थिए ।

प्रमुख अतिथि पाकिस्तानी बरिस्ठ खेलाडी वाकर युनुसले क्रिकेट ले समुदायलार्इ जोड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment