Comments Add Comment

‘मट्टीमाला’मा जवानी बेच्ने कुरा गर्दै प्रियंका


पौरखी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘मट्टीमाला’ जेठ २५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा वुद्दि तामाङ, रजनी गुरुङ, प्रियंका कार्की, पृथ्वी राई, शिशिर राना, चिरन राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको सार्वजनिक नयाँ गीत ‘बेचिदिन्थे यो जवानी’मा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् । यो गीतले अहिले चर्चा पाइरहेको छ । चलचित्रको लेखन तथा निर्देशन टेके पौरखी राइले गरेका हुन् ।

चलचित्रको ट्रेलरमा एउटा माला र त्यसको वरिपरी कथा घुमेको देखाइएको छ । चलचित्रमा कलाकार वुद्दि तामाङले रजनीसँग रोमान्स गरेका छन् । बुद्दिलाई यो अवतारमा पहिलो पटक देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment