Comments Add Comment

बन्यो अनौठो हेल्मेटः मापसे गरेमा स्टार्ट हुनेछैन गाडी

१३ जेठ, काठमाडौं । राजस्थानको अजमेरकी महिला इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले एउटा यस्तो हेलमेटको आविश्कार गरेका छन्, जुन नलगाएसम्म दुई पांग्रे गाडी स्टार्ट नै हुँदैन ।

त्यतिमात्रै होइन मदिरा सेवन गरेको व्यक्तिले यदि त्यो हेल्मेट लगायो भने पनि गाडी स्टार्ट हुँदैन । ती छात्राहरुले भनेका छन्- यदि यो हेलमेटको प्रयोग गर्न शुरु गरियो भने सडक दुर्घटनामा कमी आउने छ ।

अजमेर महिला इन्जिनियरिङ कलेजमा अध्ययनरत प्रियंका चौहान, पि्रया सुनारिया, नेहा शर्मा र प्रिया मित्तलले मोटरसाइकल र स्कुटर चालकलाई लक्षित गरी नयाँ हेलमेटको आविश्कार गरेका हुन् ।

यस हेलमेटमा एक विशेष प्रकारको सेन्सर लगाइएको छ जुन वाहनमा लगाइएको अर्को सेन्सरसँग कनेक्ट हुन्छ । हेलमेट लगाउनासाथ त्यो सेन्सर एक्टिभ हुन्छ । त्यसपछि मात्र आफ्नो वाहन स्टार्ट गर्न सकिन्छ ।

यो हेलमेटको अर्को एक विशेषता के छ भने मदिरा सेवन गरेकाहरुले लगाएमा पनि वाहन स्टार्ट हुँदैन । हेलमेटमा आरएम मोड्युलर सेन्सर जडान गरिएको छ जसबाट चालकले मदिरा सेवन गरे-नगरेको थाहा हुन्छ । यदि व्यक्तिले मदिरा सेवन गरेको छ भने हेलमेटमा जडान गरिएको मोड्युलरले पत्ता लगाउँछ र वाहन स्टार्ट हुँदैन ।

ती छात्राहरुले आफ्नो यो आविश्कारको डेमो अजमेर यातायात प्रहरी उपप्रमुख पि्रती चौधरीको अगाडि प्रदर्शन गरेका थिए । यो अवलोकन गरेपछि चौधरीले ति छात्राहरुलाई प्रशंसा पत्र दिएर सम्मान गरेकी थिइन् ।

उनले सरकारका उच्च अधिकारीहरुसँग यसको उपयोगबारे कुराकानी गर्ने आश्वासन समेत दिएको भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले भनेकी छन्- कुनै ठूलो कम्पनीमार्फत् यस प्रकारको हेलमेट उत्पादन गर्नका लागि म उच्च अधिकारीहरुसँग कुराकानी गर्ने छु । ताकि यो बजारमा पुगोस् र सडक दुर्घटनामा पनि कमी आओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment