Comments Add Comment

चौथो एसईई मिस्टर र मिसको उपाधि नविन र तनुलाई

१३ जेठ, कैलाली । चौथो एसईई मिस्टर र मिस प्रतियोगिताको उपाधी क्रमशः नविन पाण्डेय र तनु भट्टले हात पारेका छन् ।

अप इन्टरटेनमेन्ट इन्टरनेशनल प्रालिको आयोजनामा धनगढीमा भएको चौथो एसईई मिस्टर एण्ड मिस प्रतियोगितामा एसईई दिएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ फष्ट रनरअफ, सेकेण्ड रनरअप क्रमशः आयुष अवस्थि र आर. के. जोशी घोषित भए भने महिला तर्फ विशाखा श्रेष्ठ र हर्षदा विष्ट क्रमशः फष्ट रनरअफ र सेकेण्ड रनरअप भएको प्रतियोगिता आयोजक अप इन्टरटेनमेन्ट इन्टरनेशनल प्रालिका निर्देशक सारा थापाले जानकारी दिइन् ।

प्रतियोगितामा प्रदेश ७ का आर्थिक मामिला तथा कानून मन्त्रालयका मन्त्री प्रकाश शाह प्रमुख अतिथि रहेका थिए भने निणर्ायकहरुमा कृश दास, शान्ति अधिकारी र नरेश नाथ रहेका थिए ।

उपाधि हात पारेका सबैलाई काठमाडौमा रहेको हृवाइट हाउस कलेजले छात्रबृद्धि दिने घोषणा गरेको निर्देशक थापाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment