Comments Add Comment

एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव


१३ जेठ, काठमाडौं । साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको छ ।

अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ ।

रियादस्थित नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माले साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको बताए ।

उनले केही समयभित्रै सरकारले यस विषयमामा निर्णय लिने जानकारी दिए । साउदी अरबका श्रम र सामाजिक विकास मन्त्री डाक्टर अली अल घाफिससँग अघिल्लो साता भएको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको शर्माले बताए ।

शर्माले भनेका छन्, ‘साउदीको प्रस्तावमा विशेषगरी घरेलु कामदारको विषयमा नेपाल सरकार सकरात्मक रहेको छ । नेपालबाट कुनै पनि देशमा घरेलु कामदार पठाउन अहिले रोकिएको छ र कामदार पठाउने नीति संशोधन गरिँदै छ ।’

नेपालबाट साउदी अरबमा घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको र दुई देशको बीचमा औपचारिक सहमतिमा हस्ताक्षर भएपछि मात्रै यो अवस्था परिवर्तन हुने नेपाली कुटनीतिज्ञले बताए ।

कामदारको सुरक्षा र कल्याणको लागि घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको पनि उनले प्रष्टीकरण दिए ।

‘प्रति महिना १५ सय(४५ हजार रुपैयाँ) रियाल वरिपरिको उपयुक्त तलब घरेलु कामदारले पाउने गरी श्रम सम्झौतामा औपचारिक हस्ताक्षर भएपछि साउदी अरेबियालाई प्रस्तावित एक लाख कामदार नेपालले पठाउने छ’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment