Comments Add Comment

सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता नलिए पनि विपक्षमा मत दिएनन् ।

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् । फोरम नेपालका सांसदले भने संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment