Comments Add Comment

महेन्द्रनगरमा निर्माणाधीम भवनमा विस्फोट


१३ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा आइतबार विहान साढे तीन बजेतिर बम विष्फोट भएको छ ।

महेन्द्रनगर विकास समितिको जग्गा भाडामा लिएर भवन बनाउदै गरेका कैलाश सुनारको निर्माणाधीन भवनमा अज्ञात समूहले बम विस्फोट गराएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्ली विष्टले जानकारी दिएका छन् ।

सुनारले सञ्चालन गरेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन बम विष्फोट हुँदा मानवीय क्षति नभए पनि निर्माणाधीन भवनको पर्खालमा प्वाल परेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment