Comments Add Comment

कुल गाह्रस्थ उत्पादनमा कृषिको योगदान २७ प्रतिशत मात्रै


१३ जेठ, काठमाडौं । कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान यो वर्ष पनि घटेको छ । सरकारले कृषि क्षेत्रलाई माथि उठाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहँदा कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७.६ प्रतिशतमा खुम्चिएको छ ।

गत वर्ष यस्तो योगदान २९.३७ प्रतिशत थियो । गैह्र कृषि क्षेत्रको योगदान भने बढ्दै गएको देखिन्छ । यो वर्ष आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार कुल गाह्रस्थ उत्पादनमा गैरकृषि क्षेत्रको योगदान ७२.४ प्रतिशत छ ।

गत वर्ष यसो योगदान ७०.६३ प्रतिशत मात्रै थियो । यसरी पछिल्ला वर्षमा गैरकृषि क्षेत्रले कुल गाह्रस्थ उत्पादनमा आफ्नो हिस्सा बढाउँदै लगेको छ ।

तर, कृषि भने आफ्नो योगदानको दर बढाउन असक्षम सावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment