Comments Add Comment

मूल्यवृद्धिमा चाप पर्न थाल्योः अर्थमन्त्री खतिवडा


१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब मूल्यवृद्धिमा चाप पर्न थालेको बताएका छन् । आज आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले वाषिर्क विन्दुगत मूल्यवृद्धिदर ६ प्रतिशतमा कायम रहेको जानकारी दिए ।

चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फिति यसअघि प्रक्षेपण गरेको भन्दा कम छ । चालु आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमा वाषिर्क उपभोक्ता मुद्रास्फिति ७.० कायम राख्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा यस्तो मुद्रास्फिति ४.१ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा मुद्रास्फिति चालु आर्थिक वर्षको मौद्रिक नीतिमा प्रक्षेपण गरेकोभन्दा कम रहेको उल्लेख थियो ।

नियमित विद्युत आपूर्तिका कारण आन्तरिक उत्पादन क्षमतामा आएको वृद्धि, आपूर्ति व्यवस्थामा भएको सुधारका कारण चालु आर्थिक वर्षमा मुद्रास्फिति प्रक्षेपित सीमाभन्दा कम रहने देखिने अनुमान राष्ट्र बैंकले पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment