Comments Add Comment

लुटेराले हानेको गोली कार्कीको पाखुराबाट निकालियो

अवस्था खतरामुक्त

१३ जेठ, कैलाली । धनगढीमा लुटेराको गोली लागेर घाइते आईएमईका कर्मचारी निर्मल कार्कीको पाखुरामा लागेको गोली निकालिएको छ ।

सेती अञ्चल अस्पतालको शल्यक्रिया कक्षमा उनको पाखुरामा लागेको गोली निकालिएको शल्यक्रियामा संलग्न डा. प्रमोद जोशीले जानकारी दिए ।

उनले गोली लागेर कार्कीको हातको हड्डीसमेत टुक्राटुक्रा भएको बताउँदै अप्रेशनपछि हातमा रड राखेर उपचार गरिएको बताए । अर्को गोली भने छातीको छेउबाट छाला छेडेर बाहिरिएको डा. जोशीले बताए । कार्कीको अपरेसनमा सेती अञ्चल अस्पतालमा कार्यरत डाक्टरहरु जोशी र सन्तोष पन्तले शल्यक्रिया गरेका थिए । कार्कीको अवस्था खतरामुक्त रहेको छ ।

धनगढीको मुख्य सडकमै रहेको सिद्धार्थ बैंकबाट साढे ९ लाख रुपैयाँ निकालेर बैंकदेखि नजिकै रहेको आईएमईमा साइकल चढेर जाँदै गरेका बेला पुरानो भन्साररोडमा कार्कीलाई मोटरसाइकलमा आएका दुई जनाले गोली हानी रकम लुटेका थिए ।

गोली हानेर रकम लुटेको आरोपमा पहरीले दुई जनालाई धनगढी-अत्तरिया सडक खण्डको गेटा नजिकैबाट पक्राउ गरेको छ । तर प्रहरीले हतियार फेला नपरेको र उनीहरुले गोली हानेको स्वीकार नगरेको जनाएको छ ।

उनीहरुको साथमा फेला परेको रकमको बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यो पनि पढ्नुहोस् 

‘म गोली लागेर ढल्दा नजिकै रहेका प्रहरी रमिते बने’

९ लाख लुटेर भाग्ने दुई जना आधा घण्टामै पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment