Comments Add Comment

‘चिमुसीची’ गीतः थाइल्याण्डमा रोमान्टिक बने सुनिल र एलिसा

अडियो उत्कृष्ट, तर भिडियो साह्रै कमजोर...

थाइल्याण्डमा छायांकन गरिएको चलचित्र ‘चिमुसीची’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ‘तिमीले माग्छ्यौ भने मुटु’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री र एलिसा शर्मालाई फिचरिङ गरिएको छ । भिडियोको कोरियोग्राफी पनि सुनिलले नै गरेका हुन् ।

चलचित्रमा सुनिल क्षेत्री, एलिसा शर्मा, सुशान्त कार्की, कमली वाइवा, शशांक बस्याल, शेखर सुवेदी, शिवराज कार्कीको मुख्य भूमिका छ ।
चलचित्रको यो गीतमा अन्जु पन्त र यूवराज चौलागाइको स्वर, सुरज अधिकारीको शब्द तथा संगीत छ । चलचित्रमा कथा, पटकथा तथा निर्देशक दिनेश श्रेष्ठको छ । निर्देशक श्रेष्ठले यो चलचित्रलाई म्यूजिकल थ्रिलर भनेका छन् ।

शिवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा अरुन गुरुङ, महेश्वर खत्री, सुवास बर्तौला, डब बहादुर गुरुङको लगानी छ । बासु न्यौपानेले खिचेको चलचित्रलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । यो चलचित्र साउन ११ गतेबाट रिलिज हुनेछ ।

यो गीतको अडियो उत्कृष्ट छ । नयाँ संगीतकार सुरजले उत्कृष्ट गीत तयार पारेका छन् । तर, थाइल्याण्डमा खिचिएको गीतको कोरियोग्राफी र छायांकनपक्ष साह्रै कमजोर छ । सुनिलको कोरियोग्राफी र बासुको छायांकनले भिडियोलाई कमजोर बनाएको छ । अडियोले दर्शकको ध्यान खिच्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment