Comments Add Comment

प्रदेश ५ मा गणतन्त्र दिवसमा सार्बजनिक विदा

३ दिनसम्म दीपावलीसहित रचनात्मक कार्यक्रम गरिने

१३ जेठ, बुटवल । संघीय सरकारले गणतन्त्र दिवसमा सार्बजनिक विदा काटेपछि आलोचना भैरहेका बेला प्रदेश ५ सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले प्रदेश अन्तर्गत रहेका १२ जिल्लामा जेठ १५ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारले तीनदिनसम्म दीपावली तथा रचनात्मक कार्यक्रम गरी दिवस मनाउने जानकारी दिएको छ ।

जेठ १४,१५ र १६ साँझ सरकारी कार्यालय संघसंस्था तथा निवास दिपावली गरिने मन्त्री स्तरीय निर्णय भएको मन्त्रालयका सचिब प्रेम भट्टराईले जानकारी दिए ।

दिबस मनाउन मुख्यमन्त्री शंकर पोखरेलेको अध्यक्षतामा २५१ सदस्यिय मूल समिति गठन गरिएको छ ।

१४ गते मर्चबारमा स्वास्थ्य शिबिर,१५ गते बुटवलको बसपार्कबाट गणतन्त्र पार्कसम्म (बुटवल मण्डप) प्रभातफेरि गरी मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै १६ गते प्रहरी तालिम केन्द्रमा मुख्यमन्त्री-११ र प्रमुख सचिब-११ का बिचमा मैत्रीपूर्ण भलिवल गरिने छ ।

१६ गते नै लुम्बिनी परिसरमा बृक्षारोपण,दोभान पाल्पाको चुनुपार्कमा बहुउपयोगी जातका बिरुवा रोपिने छ ।

जेठ १५ गते बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाले दीपावली गर्ने,सरसफाइ ,रक्तदान ,कारागारमा फलफूल बितरण लगायतका कार्यक्रम गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment