Comments Add Comment

नागार्जुनमा महिला समूहले गर्‍यो १० क्वीन्टल गाजा नष्ट

१३ जेठ, काठमाडौं । नागार्जुन नगरपालिका-१० क्षेत्रमा रहेको गाजा स्थानीय महिला समूहले नष्ट गरेको छ ।

प्रेरणा महिला समूहको सक्रियतामा प्रहरीसमेतको सहयोगमा करिब १० क्वीन्टल गाजाका बोट नस्ट गरिएको हो ।

खाली जमिनमा आफै उमि्रएको गाजा टिप्न र सेवान गर्न स्थानीय तथा आसपासका क्षेत्रबाटसमेत युवा आउन थालेपछि समूहले नष्ट गरेको जनाएको छ ।

‘दुव्र्यसनीले अखडा बनाउन सक्ने र यसले स्थानीय किशोर कीशोरीमा पनि नकरात्मक असर पर्ने देखियो,’ समूहकी अध्यक्ष सिर्जना सुवेदीले भनिन्,’स्थानीयको र प्रहरीको सहयोगले गाँजाका बोट उखेलेर सबै जलाएका छौं ।’

महानगरीय प्रहरी बृत स्युचाटारका प्रहरी नायव निरीक्षक जँगबहादुर आलेले नागार्जुन क्षेत्रमा प्राकृतिक रुपमै उम्रने गाजा नष्ट गर्न स्थानीय सकि्रय हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment