Comments Add Comment

रसियन युवतीसँग यौन सम्बन्ध राख्न प्रतिबन्ध

१३ जेठ, काठमाडौं । रसिया विश्वकप सुरु हुन १८ दिन बाँकी छ । सहभागी ३२ राष्ट्र खेलाडी छनोट र अन्तिम तयारीमा व्यस्त छन् । यस्तोमा नाइजेरियाका प्रशिक्षक गेर्नेट रोहले खेलाडीहरुलाई भिन्न खाले चेतावनी दिएका छन् ।

प्रशिक्षक रोहले आफ्ना खेलाडीहरुलाई रसियन केटीदेखि टाढा रहन र उनीहरुसँग यौन सम्बन्ध नराख्न चेतावनी दिएका हुन् ।

‘खेलाडीले आफ्नो श्रीमती र परिवारलाई आफू बसेको होटलमा लैजान पाउने छन् तर, रसियन केटी लैजान पाउने छैनन् । अहँ, त्यो मिल्दैन । हुँदै हुँदैन । खेलाडीहरुलाई त्यो अनुमति छैन’ प्रशिक्षकलाई उधृत गर्दै स्पोर्टस नाइजेरियाले उल्लेख गरेको छ ।

उनले खेल सकिएपछि र खेल नभएको दिनमा मात्र श्रीमतीलाई भेट्न पाउने बताएका छन् । ‘हरेक खेलाडीको आफ्नै आफ्नै कोठा हुन्छ । खेल नभएको दिनमा उनीहरु श्रीमतीसँग बस्न पाउने छन्’ उनले भने ।

यो नियमले सबैभन्दा ठूलो असर नाइजेरियाका कप्तान जोन मिकेल ओबीलाई पर्ने देखिएपछि प्रशिक्षक रोहले उनलाई केही छुट दिएका छन् । किनकी गएको ३ वर्षदेखि कप्तान मिकेलकी केटी साथी रसियन नै छिन् । यसैले मिकेलले भने खेल नभएको दिनमा आफ्नी गर्लफ्रेण्ड भेट्ने छुट पाएका छन् ।

विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ । विश्वकपमा नाइजेरिया क्रोयसिया, आइसल्याण्ड र अर्जेन्टिनासँगै समूह ‘डी’ मा रहेको छ । नाइजेरियाले आफ्नो पहिलो खेल जुन १७ मा क्रोयसियासँग खेल्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment