Comments Add Comment

यी हुन् विश्वमा सबैभन्दा धेरै बिक्रि हुने ५ फिचर फोन

मोबाइल फोनको बजार स्मार्टफोनले कब्जा गरिसकेको छ । तर अहिलेपनि दुनियामा सस्तो तथा पूरानो प्रविधिको फिचर फोनका प्रयोगकर्ताको संख्या कम छैन । काउन्टरप्वाइन्ट नामक एजेन्सीले हालै सन् २०१८ को पहिलो त्रैमासिकमा विश्वमा सबैभन्दा धेरै बिक्रि भएका फिचर फोनको सूचि सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय कम्पनी रिलायन्सले उत्पादन गर्ने रिलायन्स जिओफोन विश्वमा सबैभन्दा धेरै बिक्रि हुने फिचर फोन बन्न सफल भएको छ । फिचर फोनको विश्व बजारमा जिओफोनको हिस्सा १५ प्रतिशत रहेको रिपोर्टले देखाएकेा छ ।

एचएडमडी कम्पनीले उत्पादन गर्ने नोकिया फोनले फिचर फोनको बजारमा ससक्त पुनरागमन गर्दै विश्वमा सबैभन्दा धेरै बिक्रि हुने फिचर फोनको दोश्रो स्थानमा आफुलाई उभ्याएको छ । विश्व फिचर फोन बजारमा नोकियाको हिस्सा १४ प्रतिशत रहेको छ ।

त्यस्तै आइटेल तेश्रो नम्बरमा रहेको छ भने सामसुंग चौथो र टेक्नो कम्पनी पाँचौ स्थानमा रहेका छन् । फिचर फोन बजारमा आइटेलको हिस्सा १३ प्रतिशत छ भने सामसुंग र टेक्नोको समान ६-६ प्रतिशत हिस्सेदारी रहेको छ ।

रिपोर्ट अनुसार भारतमा रिलायन्स जियो फोनको उच्च बिक्रिदर तथा नोकिया एचएमडीको बजारमा पुनरागमन सँगै सन् २०१८ को पहिलो त्रैमासिकमा विश्वको फिचर फोन बजार ३८ प्रतिशतले बढोत्तरी भएको छ ।

मार्केट रिसर्च र्फम काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार विश्वमा हरेक वर्ष ५० करोड फिचर फोनको बिक्रि हुने गरेको छ । जबकी विश्वमा हरेक वर्ष दुई अर्ब नयाँ फिचर फोनको आवश्यकता छ । त्यसैले फिचर फोनका लागि विश्वमा अहिले ठूलो बजार खाली रहेको रिपोर्टमा उल्लेख छ । फिचर फोनले विविध खाले मोबाइल फोन प्रयोगकर्ताको आवश्यकता पूर्ति गर्ने र धेरै प्रयोगकर्ता स्मार्टफोनको साटो फिचर फोन प्रयोग गर्न रुचाउने खालका रहेको रिपोर्टमा लेखिएको छ ।

रिपोर्ट अनुसार सन् २०१८ को पहिलो त्रैमासिकमा विश्वमा भएका फिचर फोनको कूल बिक्रिको ४३ प्रतिशत भारतमा भएको छ ।

रिपोर्टमा लेखिएको छ, ‘केही प्रयोगकर्ताहरु डिजिटल तथा अन्य कारणहरुले गर्दा सामान्य फोन प्रयोग गर्न रुचाउँछन् । उनीहरु फोन र डाटामा धेरै रकम खर्च गर्न चाहँदैनन् । यस्तोखाले प्रयोगकर्ताको मागलाई फिचर फोनले पूरा गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment