Comments Add Comment

चिप्लेकिरालाई खुसी पार्नुपर्ने !

यहाँ मानिसले त जिवनमा खुसी र स्वास्थ्यको लागि धेरै संघर्ष गर्नु परिरहेको छ । तर थाइल्याण्डमा चाहीँ चिप्लेकिरा पनि भाग्यमानी छन् । थाइल्याण्डमा अफ्रिकन जाएन्ट प्रजातिका चिप्लेकिराको स्वास्थ्य र खुसीका लागि ठूलो मेहेनत गरिएको छ ।

आखिर चिप्लेकिरालाई किन राख्नुपर्यो खुसी र स्वस्थ ? यसको कारण चाहीँ मान्छेकै स्वार्थ हो ।

वास्तवमा चिप्लेकिराबाट धेरै भन्दा धेरै र उच्च गुणस्तरको र्याल उत्पादन गर्नका लागि यस्तो खातिरदारी गर्नु परेको हो ।

चिप्लेकिराले उत्पादन गर्ने र्याललाई कस्मेटिक सामानमा प्रयोग गरिन्छ । त्यसैले थाइल्याण्डमा चिप्लेकिराको खेती गरिन्छ ।

थाइल्याण्डको नाखोन नायोकमा रहेको चिप्लेकिरा फार्मका सञ्चालक तावात्चाइ मानीमार्टले झण्डै ३ हजार वटा चिप्लेकिरा पालेका छन् छ ।

२१ वर्गमिटरको पिँजडाभित्र चिप्लेकिरालाई स्वतन्त्रपूर्वक हिड्न दिइन्छ । त्यहाँ चिप्लेकिरालाई प्राकृतिक वातावरण उपलब्ध गराइएको छ भने अर्गानिक काक्रो तथा हरियो सागपातहरु खान दिइन्छ ।

यी चिप्लेकिराले उत्पादन गर्ने म्युकस अर्थात् र्याल खासगरी दक्षिण कोरियामा निर्यात गरिन्छ । जहाँ कोरियन कस्मेटिक कम्पनीहरुले फेस सेरम र मोइस्चराइजर जस्ता प्रडक्ट बनाउन चिप्लेकिराको म्युकस प्रयोग गर्दछन् ।

तावात्चाइका अनुसार चिप्लेकिरालाई राम्रो वातावरण र खानेकुरा दिइयो भने चिप्लेकिरा स्वस्थ हुन्छ र त्यसले उच्च गुणस्तर तथा परिमाणको र्याल उत्पादन गर्दछ ।

थाइल्याण्डमा मात्र होइन चिली, इटाली र फ्रान्समा पनि र्याल उत्पादनका लागि चिप्लेकिरा पाल्ने गरिएको छ ।

थाइल्याण्डको नाखोन नायोकमा मात्रै ८५ वटा चिप्लेकिरा फार्म छन् । चिप्लेकिराहरुले वर्षको ८ महिला र्याल उत्पादन गर्दछन् भने ४ महिला आराम दिइन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment