Comments Add Comment

अर्जुन रामपालको घर बिग्रियो, सुजैनपछि प्रिटीसँग हिमचिम

बलिउड अभिनेता अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाबीच खटपट चलेको धेरै भयो । अहिले उनीहरु डिभोर्सको संघारमा पुगेका छन् ।

रामपालको जीवनमा ऋतिक रोशनकी पत्नी सुजैनको प्रवेश भएपछि यो प्रकरण सुरु भएको हो । रामपाल र सुजैनको अफेयरका कारण ऋतिकको दाम्पत्य जीवन पनि तहसनहस भइसकेको छ । ऋतिक र सुजैन वैधानिकरुपमै अलग भइसकेका छन् ।

केही समय अगाडि आफ्ना पतिसँग सल्केको निहुँमा मेहरले सुजैनसँग कस्सिएर झगडा गरेकी थिइन् । उनीहरु एउटा पार्टीमा बाझाबाझ गरेका थिए । हात हालाहालको स्थिति आएपछि उनीहरुलाई अरुले छुट्याएका थिए ।

सो घटनापछि रामपालले श्रीमतीसँग सम्वन्ध सुधार्न खोजे । उनीहरु सँगै घुम्न पनि गए । तर, अर्जुन रामपालको सुजैनसँग लसपस छुटेन ।

यतिबेला रामपलाले पनि श्रीमती र छोरीलाई छोडेर एक्लै बस्न थालेको भारतीय मिडियाहरुले जनाएका छन् । पछिल्लोपटक उनको हिमचिम अभिनेत्री प्रिटी जिन्टासँग समेत देखिन थालेको छ । उनीहरु एकाध पटक रेस्टुरेन्टबाहिर क्यामरामा कैद भएका छन् । प्रिटी पनि पनि विवाहित हुन् ।

अहिले अर्जुन फेरि सुजैनलाई छोडेर प्रिटीसँग चक्कर चलाइरहेका त छैनन् भन्ने प्रश्न उठिरहेको छ । अघिल्लो वर्ष पि्रटीलाई भेट्न अर्जुन अमेरिकासम्म पुगेका थिए । यो जोडी फिल्म ‘दिल है तुम्हारा’ मा सँगै देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment