Comments Add Comment

‘क्रान्तिकारी’ साहित्यकार रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना

१४ जेठ, काठमाडौं । सरकारले प्रसिद्ध साहित्यकार गोपाल प्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
शनिबार राति बसेको मन्त्रिपरिषद बैठकले रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । छन्दमा कविता लेख्ने परम्परालाई तोडेर गद्यमा लेख्ने थालनी गरेकाले उनी क्रान्तिकारी कविका रूपमा परिचित छन् ।

रिमालको ‘आमाको सपना’ कविता संग्रहले २०२० सालको मदन पुरस्कार पाएको थियो । उनको ‘मसान’, ‘यो प्रेम’ नाटक पनि चर्चित छन् ।

१९७४ जेठ १८ गते काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको निधन २०३० साल कात्तिक ८ गते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment