Comments Add Comment

जिमेलमा आफैं डिलिट हुने इमेल कसरी पठाउने ?


गुगलले हालै जिमेलमा महत्वपूर्ण परिवर्तन गर्दै विभिन्न फिचर्स थप गरेको छ जसले प्रयोगकर्ताको प्राइभेसीलाई बढावा दिनुका साथै इमेल प्रेषकलाई आफूले पठाउने इमेलमाथि बढी नियन्त्रण प्रदान गरेको छ । त्यसमध्ये सबैभन्दा चर्चा तथा विवादमा रहेको फिचर हो, कन्फिडेन्सियल मोड ।

यो फिचरले इमेल प्रेषकलाई आफ्नो गोपनियता कायम राख्न सहयोग गरेको भएता पनि यसको आलोचना पनि भएको छ ।

आखिर जिमेलको कन्फिडेन्सियल मोड के हो ? निश्चित समयपछि आफै डिलिट हुने इमेल कसरी पठाउने ?

जिमेलको कन्फिडेन्सियल मोड फिचर केवल पिसी ब्राउजरमा मात्र उपलब्ध छ । एन्ड्रोइड र आइओएस एपमा यो उपलब्ध छैन ।

यो फिचरमार्फत प्रयोगकर्ताले आफ्ना संवेदनशील तथा गोप्य इमेलहरु पासकोड हालेर सुरक्षित बनाउन सक्दछन् जसबाट यस्ता इमेल फरवार्ड हुँदैनन् र निश्चित समयपछि आफै डिलिट हुन्छन् ।

साथै यस्ता खाले इमेल प्रापकले प्राप्त भएका इमेलहरु डाउनलोड गर्न, कपी तथा पेस्ट गर्न अनि फरवार्ड गर्न सक्दैनन् । यस्ता इमेल प्रिन्ट गर्ने उपाय भनेको केवल स्क्रिनसट गरेर वा फोटो खिचेर मात्र सम्भव हुन्छ ।

कसरी पठाउने यस्तो सुरक्षित तथा गोप्य इमेल ?

जिमेलको कन्फिडेन्सियल मोडमा जानका लागि जिमेलमा लगइन गरी सेटिंग्स आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि त्यहाँ रहेको Click New Gmail छनोट गर्नुहोस् । त्यसपछि केही बेरमै नयाँ इन्टरफेस तथा फिचर्स सहितको जिमेल लोड हुन्छ ।

त्यसपछि जिमेलमा रहेको Compose मा क्लिक गर्ने

त्यसपछि दायाँ तलपट्टि रहेको Turn on Confidential mode नामक अप्सनमा क्लिक गर्ने

त्यहाँ एक्सपाइरी डेट र पासकोर्ड सेट गर्ने । यदि एसएमएस पासकोड सेट नगर्ने हो भने प्रापकले सिधै तपाइँले पठाएको इमेल खोल्न सक्दछ । पासकोड सेट गर्नका लागि प्रापकको मोबाइल नम्बर इन्ट्री गरिदिनुपर्दछ । त्यसो गर्दा तपाइँले जिमेलमा इमेल पठाउँदा बित्तिकै प्रापकले आफ्नो मोबाइलमा एसएमएस मार्फत पासकोड प्राप्त गर्दछ । सोही पासकोड हालिसकेपछि मात्र उसले तपाइँले पठाएको इमेल खोल्न सक्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment