Comments Add Comment

शान्तिनगरमा झाडापखाला अझै रोकिएन, एक हजार बढी प्रभावित, विद्यालय बन्द

१४ जेठ, घोराही । दाङको शान्तिनगरमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रण बाहिर गएको छ । पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल, चिराघाट एकली, कजेरी र हिरापुर गाउँमा शनिबारबाट झाडा पखालाको प्रकोप फैलिएको छ ।

स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडा पखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए । उनका अनुसार आइतबारसम्म एक हजार जना बिरामीको उपचार गरिएको छ । सोमबार बिहानैदेखि पनि बिरामीहरु उपचार गर्न आइरहेका छन् ।

झाडा पखाला फैलिएपछि स्थानीय स्कुल बन्द गरिएको छ । वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि नै बन्द छन् ।

राप्ती उपक्षेत्रीय अस्पताल घोराही, शान्तिनगर स्वास्थ्य चौकी र सेनाको टोलीले बिरामीको उपचार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment