Comments Add Comment

चट्याङ किन पर्छ ? यसबाट कसरी बाच्ने ?

प्रत्येक वर्ष हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ ।

चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउामा दोहोर्‍याएर पर्दैन । तर, यी दुवै कुराहरु सत्य होइनन् ।

बिजुली चम्किादा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरङ्ग पृथ्वीमा प्रवाह हुन्छ त्यसैलाई चट्याङ परेको भनिन्छ । मौसमको यस नाटकीय घटनाको बारेमा थाहापाइराख्नुपर्ने केही जानकारीहरु हामीले दिन गइरहेका छौं ।

बिजुली चम्किने र मेघ गर्जन कसरी हुन्छ ?

चट्याङ वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ ।

जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादलहरु बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावा उठेर माथिको चिसो हावासाग ठोकिन्छ त्यसपछि बिजुली चम्किने गर्छ ।

बिजुली चम्किादा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ र यो बादलबाट हावा हुादै जमिनको सतहमा आउाछ । त्यस्तै, बिजुली चम्किादा उत्पन्न भएको विद्युतीय शक्ति छिटो तातेपछि त्यसले ठूलो आवाजमा मेघगर्जन हुन्छ ।

चट्याङ पर्दा विद्युतको धार आकाशबाट पृथ्वीको सतहतिर प्रवाह हुन्छ । यसले कुनै मानिस वा प्राणीलाई लाग्यो भने उनीहरुको मृत्यु समेत हुन सक्छ ।

यो कति खतरनाक छ ?

चट्याङ लागेर मानिसको मृत्यु समेत हुन सक्छ । चट्याङ पर्दा २० हजारदेखि ३० हजार एम्पियर इलेक्टि्रकल करेन्ट उत्पन्न हुन्छ । यो तपाईले वासिङमेसिन प्रयोग गर्दा आवश्यक पर्ने विद्युत भन्दा २३ सय गुणाले बढी हो ।

चट्याङ तीस हजार सेल्सियस भन्दा धेरै तापक्रममा पुग्छ जसको अर्थ यो सूर्यको सतहभन्दा पनि तातो हुन्छ । र, चट्याङ प्रतिसेकेण्ड ७५ माइल हावामा फैलन सक्छ ।

यसको जोखिममा धेरै घर बाहिर हुने मानिसहरु पर्छन् । जस्तैः किसान, पैदलयात्रु, बाहिर काम गर्नेहरु र विभिन्न खेलाडीहरु ।

धेरैजसो चट्याङ पर्ने हावाहुरी आएको र बादल मडारिएको बेलामा हुन्छ र करिव बीस प्रतिशत जति चट्याङ आकाशबाट जमिनमा आइपुग्छ ।

तपाईलाई यसले प्रत्यक्ष लाग्न सक्छ भनेर मात्रै डराउन पर्दैन । तपाईको नजिकको कतै पनि चट्याङ पर्यो भने यसले तपाईलाई खतरामा पार्न सक्छ । किनभने यसले तपाईको वरिपरि धेरै ठूलो मात्रामा विद्युत छोड्न सक्छ । चट्याङले तपाई नजिक मार हानेर अन्तै मोडिन पनि सक्छ ।

चट्याङ कति टाढा परेको छ ?

धेरै मानिसहरु चट्याङ टाढा परेको सोचेर आफू सुरक्षित भएको ठान्छन् र त्यसै कारणले चट्याङबाट मारमा पर्न सक्छन् ।

यसबारेमा तपाईले याद गर्नुपर्ने कुरा चट्याङ कति टाढा छ भन्ने हो । यो तपाईले बिजुली चम्किएको र मेघ गर्जिएको बीचको अवधीको समय गनेर थाहा पाउन सक्नुहुन्छ ।

सामान्यरुपमा भन्नुपर्दा प्रत्येक तीन सेकेण्ड बराबर एक किलोमिटर दुरी हुन्छ । त्यसैले तपाईले नौ सेकेण्ड गन्नुभयो भने चट्याङ ३ किलोमिटर टाढा परेको छ ।

त्यसैले तपाईले बिजुली चम्किएको र मेघ गर्जिएको ३० सेकेण्डभित्र कुनै पनि ठाउामा ओत लागिहाल्नुपर्छ ।

चट्याङ पर्नुअघि के गर्ने ?

टेलिभिजन लगायतका सबै विद्युतीय उपकरणहरुलाई बन्द गरेर तार निकाल्नुहोस् । किनभने चट्याङ पर्दा पावर तलमाथि भएर तपाईको सामान बिग्रन सक्छ ।

सकेसम्म चााडो ओत खोज्नुहोस् । जब तपाईले गड्याङगुडुङको आवाज सुन्नुहुन्छ तपाई ओत लागि हाल्नुपर्छ ।

चट्याङले जहाा पनि मार हान्न सक्छ र तपाई त्यस्तो ठाउाको आसपासमा पनि हुन सक्नुहुन्छ । त्यसैले चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म मार हान्न सक्छ ।

चट्याङ परेपछि के गर्ने ?

१. तपाई घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन प्रयोग नगर्नुहोस् किनभने ल्याण्डलाइनमा विद्युत प्रवाह भएको हुन सक्छ ।

२. त्यसैगरी तपाईले धातुको पाइपबाट बनेका धाराहरु पनि प्रयोग नगर्नुहोस् किनभने यसमा पनि विद्युत प्रवाह हुन सक्छ ।

३. यदि बाहिर कुनै ओतविना हुनुहुन्छ तपाई धातुको सामानबाट टाढै रहनुहोस् र विद्युतीय सामानहरु आफूबाट करिब २० मिटर टाढा राख्नुहोस् ।

४. पानीबाट टाढा बस्नुहोस् किनभने पानीले पनि विद्युत प्रवाह गर्छ ।

५.रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको भुइामा बस्ने मिल्ने खुल्ला ठाउामा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ ।

६. सम्भव भए कारभित्र बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलन्छ र टायरको माध्यमबाट अर्थिङ हुन्छ ।

७. यदि तपाई चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुइातर्फ फर्केर घोप्टिनुहोस् । हातलाई घुाडाहरु राखेर टाउको त्यसको बिचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुइामै सुत्न हुादैन ।

८. विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानहरुबाट टाढै रहनुहोस् । जस्तैः गल्फ क्लब, छाता, मोटरसाइकल, साइकल तारबार आदि ।

९. यदि तपाईको कपाल उठेको अनुभव भयो भने फेरि तत्कालै पहिलेकै पोजिसनमा बस्नुहोस् ।

१०. चट्याङ पछि पनि बन्द भएका विद्युत लाइन र चुाडेका तारहरुबाट टाढा हुनुहोस् ।

यदि कसैलाई चट्याङ लाग्यो भने के गर्ने ?

यदि कसैलाई चट्याङ लाग्यो भने उनीहरुको शरीर जलेको हुन सक्छ । चट्याङले मुटुलाई असर गर्छ । त्यसैले चट्याङ लागेको मानिसको मुटुको धड्कन छ कि छैन परीक्षण गर्नुहोस् ।

एम्बुलेन्स वा स्वास्थ्यकर्मीलाई खबर गर्नुहोस् । उनीहरु आइपुग्न भन्दा पहिले तपाई अरु चट्याङ पर्नबाट जोखिम छैन भन्ने सुनिश्चित हुनुहोस् ।

उनीहरुको मुटुले काम गर्न छोडेको छ भने सीपीआर अपनाउनुहोस्, तपाईलाई इलेक्टि्रक सक लाग्दैन । किनभने शरिरमा विद्युतीय चार्ज बसिराख्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment