Comments Add Comment

जाजरकोट दरबारमा रेखाको ‘मालिका’


नायिका तथा निर्देशक रेखा थापाले निर्माण गरिरहेको चलचित्र ‘मालिका’को छायांकन जाजरकोटमा भैरहेको छ । जाजरकोटको दरबार प्राङ्गणमा चलचित्रमा समावेश एक गीतको छायांकन भैरहेको छ ।

अझै २ दिनसम्म गीतको छायांकन हुने रेखाको भनाई छ । काठमाण्डौदेखि सुरु भएको चलचित्रको छायांकन कोहलपुर हुँदै जाजरकोटमा गरिएको हो । अबको दश दिनमा चलचित्रको छायांकन सकिने निर्देशक समेत रहेकी रेखा थापाले बताइन् ।

जाजरकोटको स्थानिय भेषभुषा र संकृति झल्किने मेलाको दृश्यलाई २ सय ६८ बर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारमा गीतको भिडियो खिचिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी कोरसले नृत्य गरेका छन् । सुरेश अधिकारीको संगीत रहेको लोकलयको गीतले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको रेखा बताउँछिन् ।

महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा यो चलचित्र केन्द्रित रहेको रेखाको भनाई छ । यो चलचित्रमा रेखा र जाजरकोटकी चौध वषिर्या कमला ओली मुख्य भूमिकामा छन् । तिहारमा चलचित्र रिलिज गर्ने रेखाको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment