Comments Add Comment

मःम पसलबाट जन्मिएको ‘अमेरिका बोइज’


जेठ १८ अर्थात आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘अमेरिका बोइज’लाई लिएर यसका निर्देशक प्रवेश पौडेल उत्साहित छन् । कमेडी जनराको यो चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने उनको वुझाई छ ।

यो चलचित्रले ३ यूवाको कथालाई उठान गरेको छ । काठमाण्डौमा मोज गर्नका लागि घरबाट ३-३ लाख रुपैयाँ पैसा मगाएर सो पैसा हराएका ३ यूवाले त्यो पैसा उठाउनका लागि गरेको नाटकलाई चलचित्रको मुख्य बिषय बनाइएको प्रवेशले बताए । उनले भने-‘अमेरिका बोइजको अर्थ झुटो केटा भन्ने वुझिन्छ । अमेरिकालाई हामीले झुटको रुपमा प्रस्तुत गरेका छौ ।’

चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, अभय बराल, श्रृष्टी कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । प्रवेश भन्छन्-‘यो अमेरिकामा बस्ने या अमेरिकाबाट र्फकने यूवाको कथा होइन । झुट बोलेर आफ्नो उद्देश्य पुरा गर्न खोज्ने यूवाहरुको कथा हो ।’
आज भन्दा ५ बर्ष अगाडि प्रवेशका साथी विवेक पाण्डेले यसको कथा सोचेका थिए । एउटा मःम पसलमा बसेर उनले सोचेको कथा अहिले आएर चलचित्रमा रुपान्तरित भएको छ ।

प्रवेशले चलचित्र बबाल नै बनेको छ भनेर आफूले घमण्ड नगर्ने बताए । बरु, दर्शकको प्रतिक्रिया लिनका लागि उत्साहित रहेको प्रतिक्रिया दिए ।

चलचित्रको टिजरमा ‘पान’ हाबी थियो । आखिर, ‘पान’सँग चलचित्रको कथाको के कनेक्शन होला, प्रवेशले भने-‘कामेश्वर चौरासियालाई पान खुबै मनपर्छ । उनी जसलाई पनि पान खानका लागि आग्रह गर्छन् । यसैले, पानलाई प्रयोग गरिएको हो ।’

चलचित्र भित्र धेरै कलाकार भएपनि एकसँग अर्काको कनेक्शन रहेको उनले बताए । एउटा क्यारेक्टर निकाल्ने हो भने चलचित्र नै अधुरो हुने दाबी प्रवेशको छ ।

उनले, चलचित्रमा कमेडी कथा नै रोज्नुको पछाडि अहिलेको बजार नहेरिएको बताए । उनले भने-‘हामीले ५ बर्ष अगाडि नै यसको कथा सोचेका थियौ । कमेडी चलचित्र चल्छ भनेर बनाइएको होइन ।’ चलचित्र हेरेर दर्शकले निराश नहुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment